लन्डन । सहारा युकेको नयाँ कार्यसमितिको पहिलो बैठक धौलागिरी रेस्टुरेन्ट, रेडिङमा सम्पन्न भएको छ ।
आगामी सन् २०२४–२५ का लागि कृष्ण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित भएको थियो । निर्वाचित कार्यसमिति सहारा युकेको आठौं कार्यसमिति हो ।
नवनिर्वाचित अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको बैठकको सञ्चालन महासचिव क्या. पिताम्बर गुरुङले गरेका थिए । पुरानो कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिको स्वागत गरियो । कोषाध्यक्ष कुमार थापाले आयव्यय प्रस्तुत गरेका थिए ।अक्षयकोषको बारेमा सहकोषाध्यक्ष जगन गुरुङले प्रकाश पारेका थिए ।
नयाँ सदस्य एवं सल्लाहकार चुन्ने विषयमा पनि छलफल भयो । क्लबले २३ औं आहा रारा पोखरा गोल्डकप सन्दर्भमा पोखरा जाने तयारी समेत गरेको छ । सहारा क्लब पोखरा आयोजनामा आगामी माघ ९ देखि २० सम्म पोखरा रंगशालामा फुटबल प्रतियोगिता हुँदैछ । आहा रारासहित, १८ औं सफल पोखरा म्याराथन र बगर भाइखलकलाई के-कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
यस्तै, क्लबका शुभचिन्क चन्द्रदेवी गुरुङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गरिएको छ । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेकी चेलीबेटी प्रमुख गुरुङको बेलायतस्थित आफ्नै निवासमा निधन भएको थियो ।
तीन साताअघि सम्पन्न १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्या पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ निर्वाचित भएका थिए ।
सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय छन्।
कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दिपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा रहेका छन् ।