लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमु धीं लन्डनले ल्होसार पर्व–२०२३ भव्यरुपमा मनाएको छ । ३१ डिसेम्बरमा सेन्ट मिचेल कम्युनिटी हलमा वेल्लिंगमा मुप्री ल्होको स्वागतस्वरुप ‘तमु ल्होसार महोत्सव’ गरेको हो ।
संस्थाका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ग्रिनविच लन्डनको रोयल बरोका डेप्युटी मेयर जित रानाभाटले ल्होसारमा सहभागी हुन पाउदा खुसी लागेको र आफ्नो भाषा, संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
विशेष अतिथि तमु धीं युके अध्यक्ष हरि तमुले पनि आफ्नो महत्वपूर्ण भनाइ राखेका थिए । समारोहमा डिबिसी युकेका धर्मगुरु पेमा गुरुङलगायतको पनि उपस्थिति थियो ।
संस्थाको विकासमा विशेष योगदान दिएवापत यस वर्षको कम्युनिटी अवार्ड रत्नबहादुर गुरुङ, भीमाकुमारी गुरुङ र रुकमाया गुरुङलाई प्रदान गरिएको थियो । कार्यक्रममा बेस्ट गुरुङ पोशाक अवार्ड पनि दिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकार शरुन गुरुङ, ममता गुरुङ, तिलक गुरुङ र उमादेवी खनालको बेजोड प्रस्तुतिमा दर्शक रमाए ।
संस्थाका अध्यक्ष प्रेमकुमार तमुले कार्यक्रम ऐतिहासिक सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।
आमा समूहले समाजका सल्लाहकार सूर्य गुरुङको रचनाको स्वागत गीतमा नाच प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारले नृत्य देखाए । साथै, विभिन्न संघसंस्थाबाट आका तमु व्यक्तित्वहरुलाई पनि बधाई, शुभकामना तथा सम्मान गरिएको थियो ।
संस्थाका सचिव कमल गुरुङले सञ्चालन गरेको कार्यक्रममा ल्होसार कार्यक्रम संयोजक शिवराम गुरुङ बिइएमले स्वागत मन्तव्य राखेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन सूर्य गुरुङ र नेपालबाट सांगीतिक भ्रमणमा आएको कलाकार उमादेवी खनालले गरेका थिए ।
हल तयारीमा समाजका सल्लाहकार मोहन गुरुङ, श्रीचन्द्र गुरुङ, हरि गुरुङ, सूर्य गुरुङ, डमर गुरुङ, थुप्रै समाजका सदस्य संलग्न थिए । संस्थाका उपाध्याक्ष तथा आमा प्रमुख श्रीमती बिन्दु गुरुङ, आमा उपप्रमुख श्रीमती दीता गुरुङ र समाजका आमा समूह अतिथि सत्कारमा सक्रिय थिए । कोषाध्यक्ष सुवास गुरुङ, सहकोषाध्यक्ष ओमदेवी गुरुङ र टिम काउन्टरमा ब्यस्त देखिन्थे । बारमा पानबहादुर गुरुङ, पूर्ण गुरुङ र ज्ञान गुरुङको टिम, क्याटरिङमा खड्का गुरुङ र भिडिओ, फोटोमा यम गुरुङले साथ दिए । सोलिसिटर दीपक भट्टराईले आधा तोला सुन प्रायोजन गरे । स्वास्थ्य र सुरक्षासम्बधी जानकारी समाजका सल्लाहकार डमरकाजी गुरुङले दिए ।
कार्यक्रममा राफल ड्रमा उठेको रकम गुरुङ भाषा लिपि स्कुल र देव दाह नेपालमा अक्षय कोष खडा गर्ने जनाइएको छ ।