लन्डन । तमु धीं यूकेले गुरुङ जातिको महान पर्व ल्होछार (नयाँ वर्ष) विदेशी भूमिमा रहे पनि सदाझैं भव्यताका साथ अल्डरसटको एम्पायर बेनक्युटिङ हलमा सम्पन्न गरेको छ ।
३० डिसेम्बरमा हि ल्होको बिदाइ र मुप्ह्री ल्हो तमू ल्होछार कार्यक्रम अध्यक्ष हरि गुरुङको अध्यक्षता, संस्था उपाध्यक्ष एवं कार्यक्रम संयोजक कमल गुरुङ र आमा समूहको सक्रियतामा भव्यताका साथ सम्पन्न भएको हो ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, एनआरएन युकेका अध्यक्ष हित काजी गुरुङ, अध्यक्ष हरि गुरुङ, आमा समूहका अध्यक्ष सन्ध्या गुरुङ र संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरी १३ औं ल्होछार कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि राजदूत आचार्यले नेपाल बहुजाति, बहुभाषि, बहुसांस्कृतिको धनी मुलुक भएको बताए । उनले ल्होछार नेपालीहरुकै चार्डपर्वको रुपमा लिएका बताउँदै सबैमा शुभकामना दिए ।
एनआरएन यूके अध्यक्ष हित काजी गुरूङले गुरुङहरुको मात्र नभै नेपालीहरुकै महान चाडमध्येको ल्होछार पनि एक हो भने ।
तमु धीं यूके अध्यक्ष हरि गुरुङले अतिथिप्रति कृतज्ञता प्रकट गर्नुका साथै ल्होछारको शुभकामना दिँदै विश्वमा अनन्त शान्ति छाओस् भन्ने कामना गरे ।
वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले जातीय भेषभूषामा सजिएकाहरुको उत्साहित उपस्थिति देख्दा गुरुङहरुको संस्कृतिमा विदेश भए पनि कुनै कमी नभएको खुशीसाथ बताए ।
कार्यक्रममा तमु धीं युकेका भूपू अध्यक्षहरु मीनप्रसाद गुरुङ, सुवाससिंह गुरुङ, सूर्य (रामचन्द्र गुरुङ), ज्ञामबहादुर गुरुङ, नन्दजङ गुरुङ र हितकाजी गुरुङको उपस्थिति थियो । बेलायतमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरु, मिडियाकर्मीहरु, धर्मगुरुहरु, नेपाल एम्बेसी लन्डनबाट डिसीएम रोशन खनाल, डिफेन्स अटाची ब्रिगेडियर जनरल रत्नबहादुर गोदार लगायत गरी करिब १ हजार जनाको उपस्थिति थियो ।
सो अवसरमा उद्देश्य गुरुङ डा. हर्क गुरुङ अवार्डबाट सम्मानित भए । ५ सय पाउण्डसहितको उक्त अवार्ड शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने तमु विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदैआएको छ । संस्थाका उपाध्यक्ष कमल र जयन्ती गुरुङका सुपुत्र उनले रेडिङको लिगटोन पार्क इन्डिमेन्डेट स्कुलबाट जीसीएसईमा ३ ‘ए’ स्टार र ५ ‘ए’ हासिल गरेका हुन् ।
यस्तै, समाजमा विशिष्ट योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कोलप्रसाद गुरुङ, नर गुरुङ, गुना गुरुङ, दुर्गा गुरुङ, याम गुरुङ, नीलम गुरुङ, हितमान घले, लिडिया गुरुङ, डा. विनिता गुरुङ, गम गुरुङ, भारत गुरुङ, श्रीजना गुरुङ, देवकला गुरुङ, चन्द्र गुरुङ र कृष्ण गुरुङ थिए । ब्रिगेडिएर गोदार र बिनु गोदार मिलीटेरी एटाचीको कार्यकाल सकेर नेपाल फर्कने भएकाले बिदाइ गरियो।
यस्तै, बेलायत भ्रमणमा आएकी समाजसेवी सपना रोकामगरलाई विशेष सम्मान गरियो ।
तमूहरुको मुखपत्र फ्रेसीको लोकार्पण गरिएको थियो । फ्रेसीका प्रधानसम्पादक एकेन्द्र गुरुङ, सहसम्पादक जुमकाजी गुरुङ र टीमका सदस्यहरुलाई बधाई दिइएको थियो ।
बिनु गुरुङ र हेलिसा गुरुङको स्वागत नाच राम्रो देखिएको थियो । तमु धीं यूकेका एकाइले नाच प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।
नेपालबाट आएका गायक सरुन गुरुङ, ममता गुरुङ र तिलक गुरुङले तमु, नेपाली गीतहरु गाएर माहोल रमाइलो बनाएका थिए । सांस्कृतिक सचिव साधुराम गुरुङ हरसमय रमाइलो माहोल बनाउन खटिरहेका देखिन्थे ।
औपचारिक कार्मक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालन हेलिसा गुरुङ र युनिल गुरुङले गरेका थिए ।
पानस नेप्लिज रेष्टुरेन्ट, आयो रिमेट, ट्यापट्याप सेन्ड, गोर्खा कनेक्सन र मोमो स्टेसन प्रायोजक थिए । उपाध्यक्ष परशु गुरुङ र आमा समूह अतिथि सत्कारमा सक्रिय थिए । क्या. दीपकले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिए । कोषाध्यक्ष दिलमाया गुरुङ, दुर्गा गुरुङ र टीम रिसेप्सनमा ब्यस्त देखिन्थे। मिडियाका मिलन तमु, सविन्द्र गुरुङ, मदन गुरुङ र प्रकाश गुरुङ फोटो, भिडियो र लाइभ गरिरहेका थिए । बिमल गुरुङले नेपालबाट आएका कलाकारलाई हेरचाह गरेका थिए।
राफल ड्रको सञ्चालन आमा समूह महासचिव शान्त गुरुङले गरिन् । विनोद बरालले १ तोला सुन र आधा तोला सुन ट्यापट्यापले प्रयोजन गरेका थिए । सामूहिक नाचगान चल्दै गर्दा तमुहरुको चलनअनुसार नेपालबाट आएका कलाकारलाई शिरमै मनग्य पाउन्ड लगाइदिएको दृश्य रोचक थियो ।
कार्यक्रमस्थल अल्डरसट सहर सेन्ट्रल लन्डनदेखि ४३ माइल्स दक्षिण पश्चिममा पर्छ ।