लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको अध्यक्षमा लक्ष्मण रानामगर चयन भएका छन् ।
अल्डरसटस्थित एम्पायर हलमा अक्टोबर २३ मा भएको शाखाको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट रानामगरको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको प्रथम उपाध्यक्षमा मनसुधन थापामगर, द्धितीय उपाध्यक्षमा कल्पना श्रीपाल, महिला उपाध्यक्षमा निशा गुरुङ, सचिवमा रत्न शाही, सहसचिवमा रेशम पाचे, महिला सचिवमा कौशिला थापा, कोषाध्यक्षमा सञ्जय नेपाली, सहकोषाध्यक्षमा भिम आले चयन भएका छन् ।
सदस्यहरुमा मिन गुरुङ, खिमानन्द कँडेल, राम खाँड, ईन्द्रजित गुरुङ, तारा गर्बुजा, लोकराज गुरुङ, कुमार गुरुङ, संगिता गैरे, रूक आले, गीता गीरि शेरचन, निर्मला राना, जितबहादुर काउचा र दिनेश गुरुङ चयन भएका छन् ।
नेपालदेखि आएका चर्चित लोकदोहोरी कलाकारद्वय विलन थापामगर र रुपा घर्तिमगरको विशेष आतिथ्य र प्रतिष्ठान केन्द्रका कोषाध्यक्ष राजु ढकालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशन पश्चात् नयाँ कार्यसमिति र प्रतिष्ठानका सल्लाहकारद्वय निर्वाचन मण्डलका संयोजक सेरबहादुर सुनार र सह–संयोजक भक्त दर्जीले निवर्तमान अध्यक्ष टंक सेरचनलाई संरक्षकको रुपमा नियुक्ति गरेका छन् ।