लन्डन। तमु धीं यूकेको आयोजनामा अल्डरसटस्थित एम्पाएर हलमा अक्टोबर २२ शनिबार साँझ रात्रीभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । तमु धीं यूकेका उपाध्यक्ष तुलाराम गुरुङको संयोजकत्वमा तमु धीं यूकेको नबौं रात्रीभोज तमु धीं यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा, नेपालबाट आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख अतिथ्य र महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, तमु धीं यूकेका शुभचिन्तक, आजीवन सदस्य र अन्य महानुभावहरुको बाग्लो उपस्थिति रहेको थियो । निर्धारित समयमा प्रमुख अतिथि र विशेष अतिथिको आगमनले उचित समयमा नै कार्यक्रम प्रारम्भ गर्न सजिलो भएको थियो । उनीहरुको आगमनमा पाईपरको प्रत्यक्ष धुनको साथमा हलभित्र प्रवेश गराईएको थियो ।
औपचारिक रुपमा अध्यक्ष हितकाजी गुरुङ, प्रमुख अतिथि गणेशप्रसाद तिमिल्सिना, विशेष अतिथि राजदूत ज्ञानचन्द्र आचार्य, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष श्रीमती मन्जु सीता गुरुङ र तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङद्वारा दिप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो । जन्मभूमि र कर्मभूमिको राष्ट्रिय धुनले पार्टीहल गुण्जायमानसंगै बरिष्ठ उपाध्यक्ष हरि गुरुङको मन्तव्य राखेका थिए ।
तमु धीं लाई माया गरेर यसबर्ष २६ जना आजीवन सदस्य बनेका मध्ये उपस्थित भएका महानुभावहरुलाई अध्यक्ष तथा मञ्जु गुरुङबाट खादा लगाई प्रशंसा पत्र, तमु धीं को टाई र ब्याज प्रदान गरी स्वागत गरेका थिए ।
यसै क्रममा कार्यक्रम संयोजक उपाध्यक्ष तुलाराम गुरुङले आफ्नो मन्तव्य राखी कार्यक्रमको संयोजन गर्ने क्रममा सहयोग गर्नुभएका सबै महानुभावहरुलाई धन्यवाद दिए । तमु धीं यूकेका साँस्कृतिक सचिव साधुराम गुरुङको पहलमा घान्द्रुक समााज, तमु समाज यूके र चारघरेको अति सुन्दर आकर्षित नृत्यहरुको प्रस्तुतिले एम्पायर हलको माहोल अति मनमोहक बनाएको थियो ।
कार्यक्रमको मध्यतिर नेपाली राजदुताबासकी उपनियोग प्रमुख रोशन खनाललाई नेपालको संबिधान दिवसको अवसरमा प्रबल जनसेवा श्री पदकबाट बिभूषित हुनु भएका उनलाई सम्मान गरिएको थियो । साथै यस कार्यक्रमको भाग्योदय चिट्ठाको लागि प्रथम पुरस्कार एक तोला सुन प्रायोजन गर्ने लक्ष्मी ज्वेलरीका लक्ष्मी राई, डिडि लन्डनका सुदन गुरुङ, Kings Gate Mortgage का प्रजेश श्रेष्ठ र घले मोर्गेजका रमेश घलेलाई खादा र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
तमु धीं यूकेका संस्थापक अध्यक्षको नेतृत्वका संस्थापक कार्यसमितिका पदाधिकारीहरुलाई मञ्चमा बोलाई परिचय गराई अध्यक्ष हितकाजी गुरुङले खादा लगाई धन्यवाद दिएका थिए । त्यस्तै गरि बर्तमान ११ औं कार्यसमितिका पदाधिकारीहरुलाई पनि मंचमा बोलाई परिचय गराइएका थिए ।
गत वर्षसम्म २६ जना व्यक्तित्वहरुलाई तमु धीं यूकेलाई दिनुभएको भौतिक, नैतिक, आर्थिक, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दिएको अतुलनीय योगदानको कदर गर्दै आदर्श तमु÷तमुश्योबाट सम्मान गरिएको छ । यसपटक पंचकुमारी तमुश्यो, मेजर कृष्णबहादुर तमु, क्याप्टेन पिताम्बर तमु, दिलरास तमु र मिलन तमुलाई उनीहरुको योगदानको अति सरहना र कदर गर्दै “आदर्श तमु र तमुश्यो २०२२” ले सम्मान गरिएको हो ।
सम्मानकै क्रममा गुरुङ चलचित्रकी अभिनेत्री, निर्माता र गुरुङ गीतका गीतकार प्रतिमा गुरुङ र बीसीसी युकेका आमा समुहकी अध्यक्ष उर्मिला गुरुङलाई पनि सम्मान गरिएको छ । बिशेष अतिथि राजदूत ज्ञानचन्द्र आचार्य, प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको मन्तव्य पश्चात् अध्यक्ष हितकाजीको बाहुलीबाट अतिथि द्वय र राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनालाई खादा र क्रेगी लगाई आभार प्रकट गराइएको थियो ।
अध्यक्ष हितकाजी गुरुङको मन्तव्यसंगै औपचारिक कार्यक्रम पनि समापन गरिएको थियो । कार्यक्रमको अन्तमा आमासमूहकी महासचिव यशोदा गुरुङको संयोजकत्वमा भाग्योदय चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो । तमु धीं यूकेका आमा समुहले प्रायोजन गरेका थुप्रै आकर्षक पुरस्कारहरुको बिजेताहरूको साथमा तमु धीं यूकेका सल्लाहकार तथा BCC Diamond Gumba Plumstead का अध्यक्ष योगेश गुरुङले प्रथम पुरस्कार एक तोला सुन प्राप्त गरे । उनी “आदर्श तमु–२०२१” अवार्डको विजेता हुन् ।
तमु धीं युकेका महासचिव परशु गुरुङले कार्यक्रमको तयारीको लागि विभिन्न व्यक्तित्वहरुले विभिन्न क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष, भौतिक, नैतिक, आर्थिक रूपमा दिनु भएको अतुलनीय सहयोग प्रति हार्दिक आभार प्रकट गरे । बिशेष गरि आमा समुहकी अध्यक्ष मञ्जु (सीता) गुरुङको संयोजकत्वमा खाजाभुजाको ब्यवस्थापनको साथमा अन्य सामग्रीहरुको तयारी, अतिथिगणलाई हेरचाह गर्नुमा ठूलो भूमिका निभाएका थिए । त्यस्तै गरि कार्यक्रमको अवधिभरि नै निरन्तर भिडियो खिच्न तल्लिन भएका तेज गुरुङ, फोटोग्राफीमा मिलन तमु (आदर्श तमु–२०२२ को बिजेता) ले ठूलो भूमिका गहन गरेका थिए ।
तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङको संयोजनमा भिडियो तथा स्लाइड शो को ब्यवस्था गरिएको थियो । साउण्ड सिस्टममा सपन राई (Sapan Entertainment) ले ब्यावस्थापन गरेका थिए । कार्यक्रमको सम्पूर्ण खानाको ब्यवस्था पुरन गिरि÷नारायण गिरि (एम्पायर हल) ले प्रबन्ध गरेका थिए । कार्यक्रम सुचारु रुपमा संचालन गराउन कार्यक्रमको अवधिभरी नै संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङको निर्देशनमा उपाध्यक्ष जुमकाजी गुरुङ, सचिब प्रेम गुरुङ, खेलकुद सचिव क्याप्टेन देब घले, सांस्कृतिक सचिब साधुराम गुरुङ, सदस्यहरु डा बिशाल गुरुङ, बिमल गुरुङ र श्री गुरुङले बिशेष सहयोग दिएका थिए । औपचारिक कार्यक्रम महासचिव परशु गुरुङले संचालन गरेका थिए । करिब ११ः ३० बजे सबै कार्यक्रमहरु समापन गरिएको थियो ।