लन्डन । तमु धीं लन्डन इकाईले देउसीभैलो कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । अक्टोबर २३ तारिखका दिन ईकाइका कार्यबाहक अध्यक्ष ललितमान गुरुङको सभापतित्व, तमु धीं यूकेका अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि तमु धीं युकेका अध्यक्ष हितकाजी गुरुङ, ईकाइका कार्यबाहक अध्यक्ष ललितमान गुरुङ, आमा समूहका उपाध्यक्ष देवकला गुरुङ, काउन्सिलर लक्ष्यबहादुर गुरुङ, सिनियर ट्रष्टिज ले. नारायणप्रसाद गुरुङले सामूहिक रुपमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बिशिष्ठ अथितिहरु तमुधीं यूके बरिष्ठ उपाध्यक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, श्रीमती सन्ध्या गुरुङ र काउन्सिलर लक्ष्यबहादुर गुरुङ, सल्लाहकार समाजसेवी भोज गुरुङ, सल्लाहकार हर्कबहादुर गुरुङ, ईश्वर गुरुङ रहेका थिए ।
लक्ष्यबहादुर गुरुङ, पूर्व अध्यक्ष एवं ट्रष्टिज डेविड गुरुङ, देवकला गुरुङ र प्रमुख अथिति तमु धीं यूकेका अध्यक्ष हितकाजी गुरुङले दिपावलीको शुभकामना दिएका थिए ।
शुभकामना दिने क्रममा प्रमुख अतिथि गुरुङले तमु धीं लण्डन ईकाइको सक्रियता र केन्द्र प्रति अनवरत सहयोगको खुलेर प्रसंसा गरे । कार्यक्रमको दोस्रो चरण मनोरन्जनात्मक कार्यक्रमको देउसी भैलो संयोजक शुसील गुरुङले सन्चालन गरेका थिए । ठेड नेपाली पराम्परागत झल्किने गरि ईकाइ आमा समुहले अति नै रमाईलो माहोलमा सबैलाई नचाएका थिए ।
भैलो टोलीलाई अतिथिहरुको टेबलबाट दक्षिणा ग्रहणको नेतृत्व निबर्तमान आमा समुह अध्यक्ष एवं ट्रष्टिज डिलमाया गुरुङले अति नै रमणीय शैलीमा ठेड देउसी भैलोको माहोल सिर्जना गरेका थिए ।
आमा समूहका दिदीबहिनीहरु लक्ष्मी, हेलिसा, पुनम, गुड्डु, दुर्गा, सृजना र देवकला गुरुङको देउसी नृत्य अति नै मनमोहक रहेको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई ईकाइका उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्य दिई स्वागत गरेका थिए ।
औपचारिक कार्यक्रम संचालन सचिव बिकास गुरुङले गरेका थिए । कार्यक्रमको अन्त्यमा गरिमामय उपस्थित भईदिनु भई कार्यक्रम सफल पार्नु भएकोमा कार्यबाहक अध्यक्ष ललितमान गुरुङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै समापन गरेका थिए ।