लन्डन । तमु समाज यूकेले यही २९ अक्टोबरका दिन देउसी, भैलो कार्यक्रम-२०२२ गर्ने भएको छ ।
समाजले बर्सेनि गर्दै आएको देउसी भैलो कार्यक्रम शनिबार दिनको ठीक ४ बजे साँझाको २२:३० बजेसम्म सडबरीस्थित तमु समाज यूकेकै समाज घरमा हुने उपाध्यक्ष तथा तिहार देउसी भैलो कार्यक्रम संयोजक भिमबहादुर गुरुङले जानकारी दिए ।
देउसी भैलोमा सहभागी बनी कार्यक्रमलाई सफल पारिदिन र नेपाली संस्कृति र परम्परा संरक्षण र संवर्द्धन गर्न सहयोग पुर्याइदिन उनले संस्थाको तर्फबाट अनुरोध गरेका छन् । कार्यक्रमको दिनमा खाना तथा पेय पदार्थको व्यवस्थापन आमा समूहले गर्ने पनि उनले जनाए ।
यदि कार्यक्रममा उपस्थित हुन असमर्थ भएमा ईच्छाअनुसार देउसी भैलो दान प्रतिबद्ध अनलाइन माध्यमद्वारा प्रदान गर्न सकिने पनि उनलेबताए । कार्यक्रमका लागि तमु समाज यूकेका अध्यक्ष, कार्यसमितिका पधाधिकारीहरु, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्ष, सल्लाहकारहरु, आमा समूहका अध्यक्ष, आमा समूहका पूर्वअधक्ष, निवर्तमान अध्यक्ष, युवा समूहका अध्यक्ष साथै सम्पूर्ण तमु समाज यूकेका आजीवन सदस्यहरु, बाबा आमाहरु, दिदीभाइ, बहिनिहरु र भाइ बहिनीहरुलाई निमन्त्रणा गरिएको छ ।