लन्डन । बोनटोक नेपाली समाजको अधिवेशनले खमीरजङ गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
संस्थाको सातौं कार्यसमितिको निर्वाचनबाट शनिबार उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षद्वयमा मुरारी थापा र उपाध्यक्ष मञ्जु गुरुङ, महासचिव हेलिशा गुरुङ, सचिव प्रेम कँडेल, कोषाध्यक्ष महेन्द्र गुरूङ, र सहकोषाध्यक्ष थोकराज गुरूङ चयन भए ।
सांस्कृतिक सचिवमा उमेश खड़का, खेलकुद् सचिवमा दलबहादुर गुरूङ, मिडिया संयोजकमा भगीरथ योगी र ज्येष्ठ नागरिक संयोजकमा शेरबहादुर आले छन् । आमा समूहकी अध्यक्ष स्वतः उपाध्यक्ष हुने व्यवस्था छ । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
आमा समूहको कार्यसमितितर्फ उपाध्यक्षबाहेक सबै यथावत् छन् । मञ्जु गुरुङको अध्यक्षतामा निर्वाचित कार्यसमिति उपाध्यक्षमा कमला गुरुङ, सचिव सपना खनियाँ, कोषाध्यक्ष पार्वती गुरुङ र सहकोषाध्यक्ष दुर्गा गुरुङ चयन भए । रिक्त पदमा नयाँ कार्यसमितिले आवश्यकताअनुसार चयन गर्ने छ ।
कार्यक्रम विष्णु गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । महासचिव डिलमाया गुरुङले संचालन गरेको कार्यक्रममा महासचिव, कोषाध्यक्ष, आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । निर्वाचन समितिको प्रमुख आयुक्तमा रमेश गुरुङ थिए । आयुक्ततर्फ सुरेश गौतम, टेकमान गुरुङ, मोहन गुरुङ, दुर्गा गुरुङ रहेको संस्थाका पूर्व अध्यक्ष तथा बार्नेट काउन्सिलका पूर्व उपमेयर काउन्सिलर लक्षबहादुर गुरुङले जानकारी दिए ।
लन्डन बरो अफ बार्नेट काउन्सिल बेलायतमा सबैभन्दा धेरै जातजाति बसोबास गर्ने काउन्सिल हो । यहाँ १९० वटा विभिन्न भाषाहरु बोलिन्छ र जनसंख्याको हिसावले लन्डनको सबैभन्दा ठुलो काउन्सिल पनि हो ।