लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, अल्डरसटको नवौं अध्यक्षमा वीरविक्रम भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौं साधारणसभाले उनको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा हरि भट्टराई, महासचिव सुष्माकुमारी गुरुङ, कोषाध्यक्ष नीरज तिवारी, सहकोषाध्यक्ष किशोर गुरुङ निर्वाचित भए भने सदस्यमा मन्दीप शर्मा, अजय थापा, चन्द्र सुन्दास, अनिताकुमारी गुरुङ, खिलाकुमारी सुनुवार र अनुराधा सहनी छन् । शिव मन्दिर अल्डरसटका संरक्षक एवं पूर्व अध्यक्ष रोहित गुरुङ निर्वाचन संयोजक थिए । सदस्यमा समाजसेवी मेग गुरुङ र क्षत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षत्री थिए ।
अध्यक्षमा निर्वाचित भट्टराई पोखरा १६, अर्मला जन्मघर भई २३ वर्षदेखि बेलायतको अल्डरसट बस्दै आएका छन् । मन्दिरको स्थापनाकालदेखि आबद्ध उनी सन् २०६६ मा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको स्थापनाकालदेखि नै सदस्यसहित ३ कार्यकाल महासचिव, उपाध्यक्ष हुँदै नेतृत्व तहमा पुगेका हुन् । समावेशीतासहित कुनै पनि समाजलाई एक ढिक्का बनाउने र सबैलाई सम्मान गर्ने मुख्य कड़ी भएको कुरामा उनको जोड छ । नेपाली भिलेज युकेमा मिडिया डाइरेक्टर उनी मानवसेवा आश्रम बेलायत च्याप्टरमा सहसंयोजक समेत हुन् ।
साधारणसभाका प्रमुख अतिथि शिव मन्दिरका संरक्षक तथा रसमुर बरो काउंसिलका काउन्सलर जीव बेलबासे, विशेष अतिथि शिव मन्दिरका संरक्षक तथा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङद्वारा मन्दिरका नियमित पण्डित पवन प्रसाद दहालबाट स्वस्तिवाचनसहित पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रमको सभापतित्व सेन्टरका अध्यक्ष नेपाल प्रहरीका पूर्व डिएसपी वाचस्पति रेग्मीले गरेका थिए । संस्थाका महासचिव हरि भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा संरक्षक मेजर सूर्यप्रसाद उपाध्याय, रोहित गुरुङ, योगेन क्षत्री, पूरन गिरी, शेर सुनार, सुनित जैन, समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी शिवाजी श्रेष्ठ, मन्दिरका ट्रस्टी नीलकण्ठ पौडेल तथा सुशीला पौडेल, समाजसेवी बेलायती नेपाली समाजका बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं मन्दिरका शुभचिन्तक मिलन तमु लगायतको उपस्थिति थियो । यस्तै,, मन्दिरका ट्रस्टी, समाजसेवी रामचन्द्र (सुर्जे) गुरुङ, क्षत्री समाज बेलायतका पूर्व अध्यक्ष यज्ञ क्षत्री, पर्वत अन्तराष्ट्रिय समाजकी अध्यक्ष तथा समाजसेवी अप्सरा गुरुङ, पिपल मोर्गेजका प्रोपाइटर सूर्य गुरुङ, सफल मन्दिर ट्रस्टी तथा सफल व्यवसायी शंकर श्रेष्ठ, अर्का युवा सफल व्यवसायी अजय थापा, गुरु शिवचन्द्र निरौला व्यवसायी लाल गुरुङको उपस्थिति थियो ।
कार्यक्रममा महासचिवको प्रतिवेदन हरि भट्टराईले प्रस्तुत गरे । कोषाध्यक्ष निरज तिवारीले १ लाख १४ हजार पाउण्डसहितको आय र व्यय सार्वजनिक गर्दै हाल मन्दिरको खातामा करिब ४८ हजार पाउण्ड बचत रहेको कोषाध्यक्षको प्रतिवेदनमार्फत जनाए ।
सेन्टरका अध्यक्ष वाचस्पति रेग्मीले आफ्नो २ वर्षे कार्यकालमा भएका सबै गतिविधिको जानकारी गराउँदै सबैलाई धन्यवाद दिए ।
समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी शिवजी श्रेष्ठ, संरक्षक तथा व्यवसायी पुरन गिरी, संरक्षक सफल व्यवसायी योगेन क्षत्री, मन्दिर संरक्षक तथा एनआरएनए युकेका पूर्व संरक्षक शेर सुनार, रिटायर मेजर सूर्य उपाध्यायले पनि नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिंदै मन्दिरमा आवश्यक सरसल्लाह र सहयोगका निमित्त सदा तत्पर रहने बताए ।
यस्ता छन्, अध्यक्षको भावी योजना
१. बेलायतमा सनातन संस्कृति र धर्मको संरक्षण, सम्बद्र्धन र परिस्कृत गर्न,
२. शिव मन्दिर अल्डरसटको पहलमा स्थानीय लगायतका वरपरका ठाउँमा रहने सम्पूर्ण भक्तजनहरुको मानसिक, धार्मिक र शारीरिक पक्षलाई सवल बनाउने प्रयास अन्तर्गत, योग शिविर, जीवनोपयोगी प्रवचन, भेला, सम्मेलन गर्ने, गराउने,
३. समुदायबीच सकारात्मक समन्वय स्थापित गराउँदै आपसमा सम्मान र सहकार्य गर्दै मानवीय सेवामा एकजुटतामा जोड दिने,
४, मन्दिर सञ्चालनका निमित्त आवश्यक नीति नियम बनाउने, एकजना कानुनी सल्लाहकार नियुक्त गर्ने, हरेक विषयमा सोही विषय अनुसार विशेषज्ञ (एक्सपर्ट) लाई जिम्मा दिने,
५. हप्तामा सकेसम्म केही दिन भक्तजन निशुल्क खाना खुवाउने,
६. मन्दिरमा नियमित आयश्रोतको निमित्त भक्तजनसँग अपील गर्दै कम्तीमा २ सय जना भक्तजनबाट महिनाको कम्तीमा ५ पाउण्ड दरले स्ट्याण्डीङ अर्डर सेटअप गर्नको लागि कार्ययोजना बनाउने,
७. मन्दिर निर्माणका निमित्त सुरुवातबाट लाग्ने र हाल पनि क्रियाशील भक्तजनहरु लगायत धेरैभन्दा धेरैलाई सदस्यता बनाउने,
८. शिव मन्दिरको दैनिक संचालनका निमित्त आवश्यक पण्डितजीहरु, भोलन्टियर, सफÞाई कर्मचारी, अफिस कर्मचारी आदि इत्यादि को यथासम्भव छिट्टै व्यवस्था गर्ने,
७, मन्दिरको तल्लो र उपल्लो प्यागोडामा रहेका परेवाहरुका कारण आएका समस्याहरुलाई स्थायी रूपमा समाधान गर्ने,
९. शिव मन्दिर अल्डरसटको निर्माणका लागि सहयोगको दान दिएको रकमसहित मन्दिरमा टाँस्ने व्यवस्था मिलाउने,
१०. मन्दिरको चतुर्मुख शिव लिंगको आधार, पानी दूधको दीर्घकालीन व्यवस्थापन गर्ने
११. मन्दिरको यार्डमा छतको व्यवस्था गर्ने,
१२. मन्दिरको छिमेकीले उसको घर बिक्रीमा राखेको खण्डमा त्यसलाई खरिद गर्न प्रयास गर्ने साथसाथै मन्दिरको पछाडिबाट निकास निकाल्न जे जस्ता सम्भाव्यताहरु छन सबै प्रयास गर्ने,
१३. मन्दिर मार्फÞत गरिने वैदिक कार्य, जन्म र मृत्यु संस्कारहरुका बुकीङका बारेमा सेवाग्राहीलाई कसरी सहज र सरल हुन्छ सो बारेमा काम गर्ने,
१४., मन्दिरमा बिबाह, चुडाकर्म इत्यादि वैदिक कार्यमा हवन गर्दा धुवाँबाट हुने समस्याको समाधानका निमित्त यथोचित प्रविधि सहितको एग्जोस्ट जड़ान गर्ने ।