लन्डन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टर अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल चयन भएका छन्।
फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैरनाफामूखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो । यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन् । उक्त संस्था व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यले नेपाली युवाउद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदानको साझा मञ्चको रुपमा छ।
अध्यक्षमा निर्वाचितपछि बरालले आफ्नो अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे । फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीलाई सशक्तीकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै क्षेत्रमा ब्रीजको काम गर्न आफू लागिपर्ने उनको प्रतिबद्धता छ।
उनले संस्थागत लक्ष्य प्राप्त गर्न आफूले कडा मेहनत र परिश्रम साथ अघि बढ्ने पनि बताए । बरालले अन्य युवाउद्यमीलाई सशक्तीकरण तथा प्रोत्साहित गर्न सहकार्यका लागि संस्थामा आवद्ध हुन सबै युवाउद्यमीहरूलाई आव्हान गरे।
फिने संस्था विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैरनाफामूखी, गैर राजनीतिक र गैरसरकारी संस्था हो । यस संस्थामा हालसम्म बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्।