लन्डन । गोर्खा भूपूहरुको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविरको तयारी गरिएको छ ।
आगामी २५ नोभेम्बरमा सेन्टमार्क चर्च हल, नोर्थ क्याम्प, फार्नबरोमा एनएचएसले ‘गोर्खा भेटेरन स्वास्थ्य शिविर’ गर्दैछ ।
शिविरमा ब्लड प्रेसर जाँच, बि.एम.आईं जाँच (उचाइ तथा तौल), कोभिड–१९ विरुद्धको खोप, फ्लुविरुद्धको खोप समेत दिइनेछ । शिविर दिउँसो १२ देखि ४ बजेसम्म चल्नेछ ।
खोपका लागि केही मापदण्ड तय गरिएको छ । जसमा यदि तपाईं ६५ वर्ष वा माथि भए, कुनै एक निश्चित स्वास्थ्य अवस्था भए, गर्भवती, फ्रन्टलाइन स्वास्थ्य वा हेरचाह पेसामा आबद्ध, पैसा नपाउने क्येरर भए वा रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिले कोभिड–१९ तथा फ्लु विरुद्धको खोप निःशुल्क लगाउन पाउने छन् ।
शिविरमा भाग लिनेले आफ्नो जन्ममिति, ठेगाना वा औषधीको लिस्ट (प्रेप्क्रिप्सन सूची) साथमा ल्याउनुपर्नेछ।
कार्यक्रमको जिआरएनसी, प्रोजेक्ट टुगेदर र कुराकानीले पनि संयोजक गरेको छ ।