लन्डन । नेपाली वेलफेयर सोसाईटी यूकेले ‘दसैं तिहार कार्यक्रम–२०८०’ गरेको छ ।
शनिबार क्रेस युथ एण्ड कम्युनिष्टी एसोसिएसन, द क्रेस सेन्टरमा आयोजित कार्यक्रममा बेलायतमा बसोबास गर्ने सोसाइटीका सदस्यसहित नेपाल तथा दुबईदेखि अतिथिहरुको उपस्थिति थियो ।
प्रमुख अतिथि अन्नपूर्ण मिजार समाजका पोखराका कोषाध्यक्ष सुमन नेपाली, अतिथिहरु नेपाल सृजनशील नेपाली समाज युकेका उपाध्यक्ष दिल नेपाली, लघु कथा मञ्च लेखक दीपकुमार मग्रातीलगायत सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण मिजार समाज पोखराका कोषाध्यक्ष सुमन नेपाली, संस्थाका वरिष्ठ सल्लाहकार उदीबहादुर नेपाली, सल्लाहकार बुद्धिबहादुर नेपाली, सल्लाहकार दिलबहादुर सार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए।
संस्थाका अध्यक्ष धनबहादुर सार्कीले नेपालीको राष्ट्रिय चाड दसैं तिहारलाई विदेशमा बस्ने नेपाली र विदेशीलाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले संस्थालाई अझै राम्रो र बलियो बनाउनु पर्नेमा जोड दिए ।
संस्थाका उपाध्यक्ष तेजेन्द्र गुरुङले स्वागत र महासचिव समशेर नेपालीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रम सफल पार्न संस्थाका कोषाध्यक्ष धविन्द्र बौडेलले खानपान, रेफल्ड्रो खेल र पुरस्कार वितरणमा सहकोषाध्यक्ष किरण नेपाली तथा डीजे सञ्चालन सचिव बुद्धि नेपालीले सहयोग गरेका थिए । कार्यसमिति सदस्य आशा रोकाले कार्यक्रम संचालनमा सहयोगी भूमिका निर्वाह गरिन् ।