लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको शुभ दीपावली कार्यक्रम २०७९ भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेको भवन मिचेटमा आइतबार १६ अक्टोबरका दिन नेपालीहरुको पर्व तिहारको अवसरमा पहिलोपटक औपचारिक कार्यक्रम आयोजना गरिएको हो । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटी प्रमुख चन्द्रदेवी कोन्स्यो गुरुङको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि जेष्ठ नागरिक लक्ष्मी कोन्स्यो, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बर गुरुङ र चेलीबेटी प्रमुख चन्द्रदेवीले पानसमा बत्ति बालेर उद्घाटन गरे ।
दिउँसो २ देखि सुरु भएको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाइएको थियो भने समाजका दिवंगत पदाधिकारी र सदस्यहरुको नाममा १ मिनेट मौनधारण गरिएको थियो । सुरक्षासम्बन्धी जानकारी क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटीकी उपाध्यक्ष पञ्च गुरुङले राखेकी थिइन् ।
कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङले तिहारको ऐहासिक महत्वबारे प्रस्ट्याएका थिए । त्यस्तै निवर्तमान अध्यक्ष हनेरी लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ, सल्लाहकार तथा समाजसेवी नन्दकुमारी गुरुङ, अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, ज्वाइँहरुको तर्फबाट तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि लक्ष्मी कोन्स्योले आफूलाई प्रमुख अतिथि बनाएकोमा खुसी व्यक्त गर्नुहुँदै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेलाई धन्यवाद दिएकी थिइन् । उनी कार्यक्रमको अन्त्यमा गीत गाउँदै स्टेजमै नाचेकी थिइन् ।
त्यसपछि तिहारको विशेष कार्यक्रम सुरु भएको थियो । चेलीहरुले माइतीलाई टोपी, माला र मायाको चिनो दिएका थिए । चेलीबेटी प्रमुख चन्द्रदेवी कोन्स्योले माइतीहरुलाई माला र उपाध्यक्ष पञ्च गुरुङले टोपी लगाइदिएकी थिइन् । प्रमुख अतिथि लक्ष्मी गुरुङ र चेलीबेटी प्रमुख चन्द्रदेवीले केक काटेर तिहारको सेलिब्रेसन गरेका थिए ।
यस्तै कार्यक्रममा सामूहिक तस्बिर खिच्ने र स्वागत सम्मान गरिएको थियो । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुले पूर्वउपमेयर काउन्सिलर लक्ष गुरुङ र श्रीमती शोभा दम्पती, नयाँ काउन्सिलर कमल गुरुङ र समाजसेवी माया गुरुङ दम्पती, तमु धिं यूकेका हित काजी गुरुङ र तमुधिं आमा समूह अध्यक्ष सीता मञ्जु गुरुङ, गोर्खा ट्राभल्सका प्रबन्ध निर्देशक दिलरास गुरुङ र शोभा गुरुङ दम्पती, चारभञ्ज्याङ तमु समाज यूकेका नवनिर्वाचित अध्यक्ष बेनकुमार गुरुङ र तारा गुरुङलाई फेटा, माला, खादा र पछ्यौराले सम्मान गरेका थिए । माइती पक्षले पनि चेलीहरुलाई दक्षिणा र उपहार दिएका थिए ।
कार्यक्रममा नेपाली संस्कृति झल्काउने गरी चेलीहरुले देउली-भैलो भट्ट्याए । उनीहरुले माइतीहरुको फलोस्-फुलोस् र लामो आयु होस् भनेर आशीष दिएका थिए । सम्मानित व्यक्तिहरु काउन्सिलर लक्ष गुरुङ, कमल गुरुङ, व्यवसायी दिलरास गुरुङ, पूर्वआमा प्रमुख राजकुमारी गुरुङ, बेनकुमार गुरुङ, कविता गुरुङले पनि दक्षिणा दिएका थिए ।
उनीहरुले माइतीहरुको फलोस्-फुलोस् र लामो आयु होस् भनेर आशीष दिएका थिए ।
चेलीबेटीले आफैले बनाएका खाना, पेय पदार्थ परिकार खुवाएका थिए ।
महासचिव तथा कार्यक्रम संयोजक लीना गुरुङले सञ्चालन गरेको कार्यक्रममा चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले कार्यक्रममा सहभागी, सहयोगी सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेकी थिइन् ।