पोखरा । गैर आवासीय नेपाली संघको एक टोलीले सहारा क्लब पोखराको भ्रमण गरेको छ ।
दसैंको अवसरमा पोखरा आएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचन, एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङ लगायत सम्मिलित टोलीले पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीको बिहीबार २६ अक्टोबर २०२३ भ्रमण गरेको हो । टोलीमा तमु धिं जापानका अध्यक्ष रमेशकुमार गुरुङ, नमस्ते बेण्डका ईश्वर गुरुङ, नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घले, भलिबल संघ गण्डकीका पूर्व अध्यक्ष श्री गुरुङ लगायतले भ्रमण गरेको हो ।
उनीहरुलाई सहारा क्लब पोखराका नवनिर्वाचित अध्यक्ष केशवराज बराल लगायतले स्वागत गरे ।
बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी व्यवस्थापन समिति संयोजक पूर्णबहादुर गुरुङले स्वागत र सचिव टंक पौडेलले संचालन गरे । कार्यक्रममा रोविन शेरचन, हित काजी गुरुङ, मोहन घले लगायतले सम्बोधन गर्दै सहारा क्लब देशकै सम्पत्ति हो भने ।
कार्यक्रममा सहारा क्लब पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली र एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जापानका प्रतिनिधिहरुले सहारालाई सक्दो सहयोग गर्ने र आहा रारा पोखरा गोल्ड कपमा जापानको सहभागीता रहन प्रयत्न गर्ने बताए ।