लन्डन । तमुधिं युकेले आउँदो शनिबार आयोजना गर्ने आजीवन सदस्य रात्रिभोजको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
मिचेटस्थित तमुधिं युकेको आफ्नै भवनमा शनिबार अध्यक्ष हरि गुरुङको अध्यक्षतामा बसेको लाइफ मेम्बर डिनर नाइटसम्बन्धी अन्तिम बैठकमा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले सबै तयारी पूरा भएको स्लाइडसोमार्फत जानकारी गराएका हुन् । रात्रिभोज कार्यक्रम २१ अक्टोबर २०२३ (कात्तिक ४ गते) अल्डरसटस्थित एम्पायर हलमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
उपाध्यक्ष परशु गुरुङले बैठकमा स्वागत मन्तव्य राखेका थिए ।
त्यसपछि उपाध्यक्ष गुरुङले नयाँ आजीवन सदस्य बन्नेहरुको नामावली पढेर सुनाएका थिए ।
उपाध्यक्ष गुरुङको ब्रिफिङपछि आगामी ल्होछार कार्यक्रमबारे प्रारम्भिक छलफल गरिएको थियो । ल्होछार कार्यक्रम संयोजक तथा उपाध्यक्ष कमल गुरुङले नेपाल र बेलायतबाट कार्यक्रममा सहभागी हुने कलाकारहरु, कार्यक्रम व्यवस्थापनलगायत विषयमा संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष नन्दजंग गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमु कल्चरल फोरम यूकेका डाईरेक्टर क्या. रि. राजु गुरुङ, तमुधिं यूकेका सल्लाहकारहरु टेकबहादुर गुरुङ, क्या.रि. जीवन गुरुङ, लालकाजी गुरुङ, शान्तबहादुर गुरुङ, कुमार गुरुङ, कार्यसमितिका सदस्यहरु एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत उपस्थित थिए ।
यस्तै तमुधिं यूकेकी आमा समूह अध्यक्ष सन्ध्या गुरुङलगायतको पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति थियो । बैठक कार्यवहाक महासचिव विमल गुरुङले सञ्चालन गरेका थिए ।
अन्तममा अध्यक्ष हरि गुरुङले यस पटकको आजीवन रात्रिभोज कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै बैठकमा सहभागीहरुलाई धन्यवादसहित समापन गरेका थिए ।