पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीलाई पोखरामा भव्य स्वागत गरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भव्य स्वागत गरेको हो ।
टोलीमा एनआरएनएका अध्यक्ष कुल आचार्य नेतृत्वको टोली सहभागी थियो । पर्वत अन्तर्राष्ट्रिय समाजको सम्मेलनका लागि मल्लाज जानेक्रममा टाइगर ग्रुप अफ पोखरा नेपालले खादासहित स्वागत गरेको हो ।
उनीहरुलाई प्रदेश खेलकुद गण्डकी उपाध्यक्ष समेत रहेका टाइगर ग्रुप अफ पोखरा नेपालका सदस्य धोजकुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिबी नेपाली, कोषाध्यक्ष हरि श्रेष्ठ, महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले लगायतले स्वागत गरेका हुन् ।
टोलीमा एनआरएनए अध्यक्ष आचार्यसहित उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव केशव पौडेल, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष देव गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक अर्जुन श्रेष्ठ, एनआरएनए कतार तथा आइसिसी सचिव पदका उम्मेदवार प्रवीण गुरुङ, मनोजकुमार श्रेष्ठ, पर्वत समाज दक्षिण कोरियाका सल्लाहकारहरु डा. सञ्जु पौडेल र नन्द गुरुङ सहभागी छन् ।