लन्डन । नेपालीहरुको महान् पर्व दसैंको अवसरमा बेलायतमा युनिटी ईच पावर लिमिटेड (मञ्जिल युके) ले विशेष कार्यक्रम गरेको छ ।
मञ्जिल यूकेका अध्यक्ष प्रेम गुरुङको अध्यक्षता र तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको प्रमुख आतिथ्यतामा बिहीबार १२ अक्टोबर २०२३ मा अल्डरसटमा रहेको ठमेल रेस्टुरेन्टमा दसैं विशेष कार्यक्रम गरिएको हो । बेलुका ७ बजेपछि सुरु भएको कार्यक्रम प्रमुख अतिथि गुरुङ र संस्थाका अध्यक्ष गुरुङले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए । लगत्तै अध्यक्ष गुरुङ, श्रीमती मञ्जु गुरुङ, प्रमुख अतिथि हरि गुरुङ र तमुधिं आमा समूह अध्यक्ष सन्ध्या गुरुङले 'ह्याप्पी दसैं मिट एन्ड ग्रिट' लेखिएको केक काटेर उत्सव मनाइएको थियो ।
कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य मञ्जिल यूकेका सीईओ मनोज गुरुङले दिएका थिए । सीईओ गुरुङ र मार्केटिङ अफिसर प्रमिला गुरुङले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथिहरु पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ, न्यू लक्ष्मी ज्वेलर्सका निर्देशक लक्ष्मी राई र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु रहेका थिए ।
अतिथिहरुमा शर्मिला यक्सो लिम्बू, देवी तामाङ, ह्याजल सारा, गायिका मेनुका राई, गायक राजेश बर्देवा, सपनकुमार राई, श्री लक्की ज्वेलर्सका सञ्चालक मेजर योगेश कोयी राई दम्पती, अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राई, लक्षु गुरुङलगायत थिए ।
कार्यक्रममा राष्ट्रिय गानपछि गायिका मेनुका राईले दसैं विशेष गीत गाएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि हरि गुरुङ, अतिथिहरु सूर्य गुरुङ, सुमन राई, लक्ष्मी राईलगायतले संक्षिप्त मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष प्रेम गुरुङ र मञ्जु गुरुङ दम्पतीलगायतले सबै अतिथिहरुलाई खादा, पुष्पगुच्छा र मायाको चिनोसहित सम्मान गरेका थिए ।
मञ्जिल यूके सामाजिक सञ्जाल टिकटकमार्फत नेपाली गीत, संगीत, नृत्य, कविता, भेषभूषा पहिचान र प्रवर्द्धनका लागि विश्वभरिका प्रतिभाहरुलाई अवसर दिँदै आएको संस्था हो । यसअघि टिकटकमा सीमित रहेकोले अब बाहिर पनि आएको जानकारीसहित बिहीबार सार्वजनिक कार्यक्रम गरिएको अध्यक्ष प्रेम गुरुङले कार्यक्रम समापनका क्रममा बताए । उनले संसारभरका ट्यालेन्ट सो गर्दै सन् २०२० देखि काम गरिरहेको जनाउँदै अब सातौं संस्करणको तयारीमा रहेको जानकारी दिए । जसमा गीत, कविता, संगीत, डान्सलगायतका क्षेत्रका प्रतियोगीबीच प्रतिस्पर्धा गराइनेछ ।
मञ्जिल यूके टिटटकसँग जोडिएर काम गरिरहेको अध्यक्ष गुरुङले बताए । प्रतिभा प्रस्फुटनमात्रै नभई यसले असहाय र अन्य खालका समस्यामा परेका व्यक्तिहरुको लागि च्यारिटीका कार्यक्रमसमेत गर्ने गरिएको छ । मञ्जिल यूकेले पीएम फाउन्डनसँग पनि सहकार्य गरिरहेको अध्यक्ष गुरुङले बताए ।