लन्डन । बेलायतमा नेपालीको संख्या बढ्दै गएको सन्दर्भमा यहाँ मजदुरी र जागिरका अलावा विभिन्न व्यवसायमा समेत नेपालीले लगानी गरिरहेका छन् । यसको पछिल्लो उदाहरण हो, फानबोरो ह्यामसायरमा सञ्चालनमा आएको ‘गुराँस होम केयर’।
नेपाली चार चेलीको लगानीमा सञ्चालनमा आएको होम केयरले व्यापार/व्यवसायी र जागिरमा व्यस्त परिवारका घरसायी तथा बिरामी अवस्थामा सहयोग गर्दै आएको छ । वृद्धवृद्धा, शारीरिक अशक्तता भएका र बिरामीलाई लक्षित गरी सञ्चालनमा आएको यो कम्पनीमा सरस्वती गुरुङ, सविना राई, मुना श्रेष्ठ र चित्रा तामाङ सामेल छन् । आदिवासी जनजाति महिलामा पनि समावेशी चरित्रको चार समुदायका यी दिदीबहिनीहरुको कम्पनीले हस्पिटल अपोयन्मेटमा सहयोग, नुहाउने अनि घरेलु काममा सहयोग, औषधि सहयोग (अडर अनि पिकअप गरिदिने), बाहिर सपिङ्गमा सहयोग र लिभिङ्ग केयरको सुविधा दिँदै आएको छ । सहयोगको आवश्यकता पर्नेहरुको घरमै गई बिरामी तथा अन्य सेवा गरिने सञ्चालकमध्येका एक सरस्वती गुरुङले बताइन् ।
गत सेप्टेम्बरमा केयर क्वालिटी कमिसन (सीक्यूसी) मा दर्ता भएको सञ्चालक गुरुङले बताइन् । कम्पनीको व्यवसाय प्रवर्द्धनका लागि बेवसाइट gurashomecare.co.uk समेत सञ्चालनमा छ । सञ्चालकहरुले भने, 'हामी मानिसहरूलाई पहिलो स्थानमा राखेर यूकेमा हेरचाह प्रणालीको दृष्टिकोण परिवर्तन गर्न चाहन्छौं । हामी परिवारहरूलाई उनीहरूलाई उपलब्ध उत्तम हेरचाह प्राप्त गर्नेछन् भन्ने कुरा थाहा पाएर सान्त्वना दिन चाहन्छौं ।' सेवा प्रवाहमा प्रशिक्षित, दयालु, कुशल हेरचाहकर्ताहरू रहेको दाबी गरिएको छ ।
सञ्चालक गुरुङका अनुसार सकारात्मक सुझाव, निरन्तर सर्भिस्, छिटो रेस्पोन्स आफूहरुको कम्पनीको विशेषता रहेको बताइन् ।