लन्डन । गल्कोट समाज यूकेको अध्यक्षमा चन्द्र साहनी निर्वाचित भएका छन् । सोमबार रोयल क्यासलमा भएको चौँथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
दुईवर्षे कार्यसमितिको उपाध्यक्षमा गोविन्दराम कँडेल, लाल थापा, रणनाथ गैरे, महासचविमा कृष्ण खरेल, कोषाध्यक्ष राजु सापकोटा, सचिव राजु बोहोरा सचिव र सहकोषाध्यक्ष सुरेश परियार चयन भए । सदस्यमा श्याम खत्री, दिनेश कँडेल, खिमलाल गौतम, तेजबहादुर भण्डारी, कृष्ण खत्री, खगेन्द्र साहनी, बमबहादुर नेपाली ,कृष्ण साहनी, सीता खरेल, अजय सुवेदी, रत्ना केसी, गोमनाथ सुवेदी र शेरबहादुर रोका चयन भए । निवर्तमान अध्यक्ष भोजराज कँडेल पदेन सदस्य रहनेछन् ।
निर्वाचन संयोजक संस्थाका पूर्व अध्यक्ष राजु कँडेलले नवनिर्वाचित समितिको घोषणा गरेका थिए । निर्वाचन समिति सदस्यमा संस्थाका संस्थापक अध्यक्ष रेशम बुढाथोकी र शान्ति नेपाली समाजका पूर्व अध्यक्ष लीला थापा पनि थिए ।
अध्यक्ष भोजराज कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लेखा समितिका संयोजक प्रेम गैरेले २ वर्षे कार्यकालको लेखा प्रतिवेदन पेस गरेका थिए भने महासचिव विष्णु चालिसेले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
यो संस्थाको स्थापना सन् २०१६ मा भएको हो ।