लन्डन । थाउजेन्डस् बुद्ध यूकेको च्यारिटी डिनर नाइट भव्यरुपमा सम्पन्न भएको छ । अक्टोबर ८ तारिख २०२३ मा अल्डरसटमा रहेको एम्पायर हलमा अध्यक्ष मेजर समुन्द्र गुरुङ अध्यक्षतामा च्यारिटी डिनर नाइट भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
बेलुकी ५ बजेपछि सुरु भएको कार्यक्रम थाउजेन्डस् बुद्ध यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, क्या कृष्ण गुरुङ, काउन्सिलर धनबहादुर सार्की, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र तामाङ घेदुङ यूकेका अध्यक्ष राजेन योन्जनले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष उदय घिसिङले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष मेजर समुन्द्र गुरुङले संस्थाको इतिहास र वर्तमान गतिविधिबारे प्रकाश पारेका थिए । त्यस्तै सहयोग दाताको नाम संकलन गरी घोषणा गरिएको थियो । कार्यक्रममा नयाँ सहयोग प्रदान गर्ने सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
घान्द्रुक समाज यूकेका पूर्वअध्यक्ष अर्जुन गुरुङ र धर्मपत्नी शान्ति गुरुङ, घान्द्रुक समाज यूकेका अध्यक्ष नारायणसिंह गुरुङ र धर्मपत्नी हरिमाया गुरुङ,काउन्सिलर धनबहादुर सार्की, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ र धर्मपत्नी सन्ध्या गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र धर्मपत्नी मीना गुरुङ, आमा समूह अध्यक्ष उमा गुरुङ र श्रीमान रामचन्द्र गुरुङ, दुर्गा गुरुङ र धर्मपत्नी चिजकुमारी गुरुङ, कुमार गुरुङ र धर्मपत्नी साखी गुरुङ, जुमबहादुर र धर्मपत्नी बिबिकुमारी गुरुङ, निरसुबा गुरुङ र स्व.लालकाजी गुरुङ, गंगा गुरुङ र उनकी धर्मपत्नी गंगा गुरुङ, नरेश गुरुङ र उनकी धर्मपत्नी गंगा गुरुङ, कृष्णकुमारी गुरुङ र स्व.ले.धनबहादुर गुरुङ, ले.री. रने गुरुङ र उनकी धर्मपत्नी लौकुमारी गुरुङ, चिनबहादुर गुरुङ र उनकी धर्मपत्नी चिजा गुरुङ, श्याम गुरुङ र उनकी धर्मपत्नी मनकुमारी गुरुङ तथा ज्योतिका गुरुङले ठूलो धनराशि सहयोग गरेका थिए । उनीहरुलाई अध्यक्ष मेजर समुन्द्र गुरुङ र उनकी श्रीमती ध्रुव गुरुङ तथा आमा समूह अध्यक्ष कान्ति लामाले खादा लगाइ धन्यवाद दिएका थिए।
अतिथि सत्कारको संयोजकको जिम्मेवारी दावा ग्याम्जो स्याङ्बो र दया गुरुङले सम्हालेका थिए । कार्यक्रमको कोष र अतिथि व्यवस्थापनमा सुरेन्द्रदेव गुरुङ, आशा गुरुङ, उषा गुरुङ, स्पन्दन सुब्बा र विनिता गुरुङ थिए । सबै अतिथिको हेरविचार गर्ने काममा थाउजेन्डस् बुद्ध यूके आमा समूह खटिएको थियो ।
मनोरन्जन कार्यक्रम संयोजकमा उपाध्यक्ष प्रेम लामा थिए । केक काटिएपछि उपाध्यक्ष प्रबल सोनाम घिसिङ र सिर्जना गुरुङले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा शिला आलेले गोर्खा मनकामना, कति राम्रो गुरुङको छोरो, राईकी छोरी, राजु परियारले फूलमा मौरी डुल्ने बेलामा, लालुपाते निह्यो भूइँतिरलगायत एकल गीत गाएका थिए । त्यससँगै राजु र शिलाले मायाजाल बुन्छु म झिमझिम सानु नझिम्काउ परेलीमा दोहोरी धमाका मच्चाएका थिए । साथै गायक ईश्वर सिंह तथा स्थानीय कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
महासचिव धन तामाङले सञ्चालन गरेको कार्यक्रममा काउन्सिलर धनबहादुर सार्की, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर गुरुङ, सहारा युकेको अध्यक्ष ले.री. कुसाङ गुरुङ लगायत विभिन्न संघ-संस्थाका अध्यक्ष, प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।