लन्डन । पाँचथर समाज सेवा युकेको आठौं अधिवेशनले प्रथम महिला अध्यक्षमा शान्ति लिम्बु खिम्दिङलाई चयन गरेको छ । अल्डरसट ठमेल रेष्टुरेन्टमा शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति वरिष्ठ उपाध्यक्षमा नगेन्द्रराज नेम्बाङ, उपाध्यक्षहरु हाङपाल माखिम, नन्द सुन्दास, सुरेश थाम्सुहाङ र मित्र राई छन् ।
महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा नरेन्द्र तुम्बापो, सहसचिवमा सन्देश लिम्बु र सोेमित योङहाङ, कोषाध्यक्ष शिखर सम्बाहाम्फे, सहकोषाध्यक्षहरु साम्सोगेन नेम्बाङ र अर्जुनकुमार सेलिङलाई चयन गरिएको छ ।
सदस्य सूर्य केरुङ, धनकुमार लिम्बु, तारा लक्सम, योगेन्द्र तावा, तेज लावती, दीपा योङ्या लिम्बु, प्रताप तामाङ, देउमान लावती, केशव महरा, गंगा राई, रश्मि लिम्बु र सोनाम शेर्पा छन्।
पाँचथर समाज युकेको स्थापना २०६३ सालमा भएको हो ।