लन्डन । पहिचान पुरस्कार कोषले २०७९ का लागि उत्कृष्ट ८ पुस्तक छनोट गरेको छ ।
‘थाङ्ग्रा’: प्रगति राई, ‘आतेओडा’: जानुका खतिवडा, ‘रसिया राग’: करुणा राई, ‘कामी’: मञ्जुल मितेरी, ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’: प्रकाश गुरागाईं, ‘मद्वारा मेरो निर्माण’: पराजित पोमुको पुस्तक छनोटमा परेका हुन् ।
यस्तै, श्रीभक्त खनाल र खेमराज रानाभाटले संयुक्त रुपमा लेखेको ‘तीन फरक विषय (फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर)’ र डा.नवराज केसीको ‘शून्यको मूल्य (सास, साहस र स्नेहको कथा)’ उत्कृष्ट ८ को छनोटमा परेका कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।
पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ ।
यसअघि, ९ कृतिले यो पुरस्कार पाइसकेका छन् । जसमा लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन् । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’ लाई संयुक्त प्रदान गरिएको थियो ।
त्यसैगरी श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार दिइसकिएको छ ।