लन्डन । तमु धिं यूके लन्डन इकाईले १६औं वार्षिकोत्सव मनाएको छ ।
इकाईका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतमा शुक्रबार भर्चुअल जुम बैठकबाट वार्षिकोत्सव मनाइएको हो । बैठकमा तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङको शुभकामना सन्देश वाचन गरी महासचिव रक गुरुङले सुनाएका थिए । उनका अनुसार काउन्सिलर तथा पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङले कविताशैलीबाट शुभकामना दिएका थिए ।
यस्तै इकाईका ट्र्ष्टिज तथा चारभन्ज्याङ तमु समाज यूकेका संस्थापक अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बीईएम, ट्रष्टिज क्या.रि.प्रेमबहादुर गुरुङ, ट्रष्टिज एवं पूर्वअध्यक्ष डेबिड गुरुङ, ट्रष्टिज एवं तमु धिं यूकेका कोषाध्यक्ष दिलमाया गुरुङ, चारभन्ज्याड तमु समाज यूकेका अध्यक्ष बेनकुमार गुरुङ, इकाई आमा समूह अध्यक्ष श्रीमती कमला गुरुङ, उपाध्यक्ष देवकला गुरुङ, उपाध्यक्ष बिनु गुरुङ, ललितमान गुरुङ, भरत गुरुङ, मिडिया सचिव सुशील गुरुङलगायत ३८ जना पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका महासचिव गुरुङले जनाए ।
लन्डन पश्चिम क्षेत्र वरपर बसोबास गर्दै आइरहेका गुरुङहरुलाई समेट्ने र एकीकृत हुने उद्देश्यले सन् २००७ सेप्टेम्बर ३० मा तमु धिं यूके लन्डन इकाई स्थापना भएको हो । यो तमु धिं यूकेको अभिन्न शाखा हो । विदेश भूमिमा रहे पनि आफ्नो पहिचान धर्म, संस्कृति, भाषा, रीतिरिवाज र परम्पराहरुको जगेर्ना गर्न त्यत्तिकै सक्रिय रहेको तमु धिं लन्डन इकाईले जनाएको छ ।
बैठकमा गत सेप्टेम्बर १६ तारिख नेपाली हिन्दु महिलाहरुको चाड तीज कार्यक्रम समीक्षा पनि गरिएको थियो । कार्यक्रम संयोजक आमा समूह उपाध्यक्ष बिनु गुरुङ, सहसंयोजक सृष्टी गुरुङ, अध्यक्ष कमला गुरुङलगायत सम्पूर्ण आमा समूहलाई बधाई दिएका थिए ।
कार्यक्रम संचालन महासचिव रक गुरुङले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ललितमान गुरुङले राखेका थिए ।
अन्तमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष बिष्णु गुरुङले बैठकको समापन गरेका थिए ।