लन्डन । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीनाकुमारी पोखरेलसहितको टोली लन्डन आइपुगेको छ ।
बेलायतका नेपाली पहिलो काउन्सिलर धन गुरुङको नेतृत्वमा बेलायतको फोक्स्टन सिटी र मेचीनगर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्न टोली लन्डन आइपुगेको हो ।
टोलीमा गोरखा मेमोरीयल फाउण्डेसन नेपालका अध्यक्ष गंगालाल गुरुङ, ट्वीन्ड प्रोजेक्ट नेपालका सचिव जगत गुरुङ, कार्यक्रम संयोजक कुमारी गुरुङ श्रेष्ठ, कल्चरल एक्सचेन्ज अध्यक्ष मेनुका मैनाली लगायत सहभागी छन् ।
हिथ्रो विमानस्थलमा अवतरण गरेका उनीहरुको स्वागतार्थ पूर्व काउन्सिलर गुरुङ सहित केन्ट काउन्टि काउन्सिलर मेयर जेकी मिट, फोक्स्टन नेप्लिज कम्युनिटिका अध्यक्ष झपिन्द्र थापा, झापा समाज युकेका प्रतिनिधि विवेक मेचे, शुरज मेचे, रेशु फ्याक, सूर्य गुरुङ, भक्तिकुमार आङ्देम्बे लगायतको टोली पुगेको थियोे ।
गुरुङको गृहनगर मेची नगरपालिकाका र बेलायतको उक्त फोक्स्टन सिटीबीच मितेरी सम्बन्धसहित फोक्स्टन सहरमा आयोजित विभिन्न कार्यक्रममा उनीहरु सहभागी हुनेछन् ।
भगिनी सम्बन्धका लागि उनीहरुबीच गोर्खा मेमोरियलको ९ औं वार्षिकोत्सव अवसरमा अक्टोबर १ मा केन्ट काउन्टी काउन्सिलर ज्याकी मी, फोकस्टोन नेपाली समुदायका अध्यक्ष झपिन्द्र थापा लगायतको उपस्थितिमा समन्वयात्मक बैठक हुनेछ ।