लन्डन । नेपाली महिला समूह (एनएमएसएम) नटिङहमको अध्यक्षमा निरु चालिसे चयन भएकी छन् ।
२७ सेप्टेम्बरमा भएको एनएमएसएमको साधारणसभाले चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विष्णु खरेल, सचिव सरु सापकोटा, सहसचिव शकुन्तला न्यौपाने, कोषाध्यक्ष सरस्वती गिरी र सहकोषाध्यक्षमा कला भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा सावित्री भण्डारी, मुना न्यौपाने, देवी भट्टराई, मन्जु डुम्रे, सिता भुसाल, कमला सापकोटा र रिता खड्का चयन भएको फाउन्डेसनले जनाएको छ । एरिया लिडरअन्तर्गत ह्वाइटमुरका लागि लक्ष्मी गौतम, बिलबरोका लागि सुशीला पाण्डे, फिल्डम्यापल ड्राइभ मेनुका कँडेल, एस्प्ली/स्टर्ली क्षेत्रका लागि विनिता ढकाल/मेनुका बस्नेत, सेनिङटन सीता सापकोटा (यू), बास्फोर्ड सरस्वती आचार्य र बुलवेलका लागि गोमा महत छानिएका छन् ।
एक्टिबिटी लिडरमा माया चौधरी, पुतली कँडेल, सरिता गौतम, मीना खरेल, परमिता गोले, संगीता गुरुङ ‘बी’ तथा संरक्षकहरुमा लक्ष्मी पन्थी, मीना भण्डारी, गीता भट्टराई र अर्चना बस्नेत चुनिएका छन् ।
त्यस्तै, सल्लाहकारहरुमा कल्पना गुरुङ, मुना थापा र सुमित्रा गौतम छन् । साधारणसभा कल्पना गुरुङको सभापतित्वमा भएको थियो ।