फार्नबोरो । ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) का सक्रिय सदस्य तथा राष्ट्रिय खेलाडी ग्रान्ड माष्टर राष्ट्र राईको निधनमा आइतबार शोक कार्यक्रम गरिने भएको छ ।
संस्थाको आफ्नै घर गोर्खा भवनमा बिहीबार बसेको आकस्मिक बैठकले अक्टोबर १, आइतबार फार्नबोरोस्थित गोर्खा भवनमै शोक कार्यक्रम राख्ने निर्णय गरेको हो ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म हुने कार्यक्रममा राष्ट्र राईको तस्बीर र शोक पुस्तिका राखिने जानकारी महासचिव क्षत्र राईले दिए ।
संस्थाका अध्यक्ष मेरि टिकेन्द्र दल देवान जेपीले स्व. राई देशकै लागि धेरै योगदान दिएका व्यक्तित्व भएको बताए ।
बैठकमा संस्थाका अध्यक्ष, महासचिव, कोषाध्यक्ष, प्रवक्ता र सदस्य रामलाल श्रेष्ठ, राममाया श्रेष्ठ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तुम लगायत उपस्थित थिए ।
राई सगरमाथा टेक्न्डो डोजाङ, एनआरएनए युके, भूपू गोर्खा, बिजिडब्लुएस, किरात यायोख्खा, नेपाली कांग्रेसका सदस्य धेरै संघसंस्थामा अबद्ध र धेरै परोपकारी कामहरु गरेका ब्यक्ति भएकाले सयौंको संख्यामा शुभचिन्तक उक्त शोक कार्यक्रममा उपस्थित हुने अपेक्षा पीआर प्रकाश गुरुङले गरेका छन् ।
भिडियो