लन्डन । २ जीआर ऐसोसिएसन (सिर्मोर साथीज्) युकेले १६६ औं दिल्ली डे–क्युम-सिर्मोर रेजिमेन्ट्स वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
गत साता अल्डरसटमा प्रमुख अतिथि Lt Gen Sir Peter Duffell KCB CBE MC को उपस्थितिमा भेटघाट कार्यक्रम मनाइएको हो । विशेष अतिथि कर्णेल विलियम सटलउड ओबिई थिए । सो अवसरमा विशिष्ट अफिसरहरु, मेजर सञ्जीव राई एमभीओ, गोर्खा मेजर २ आरजीआर, आरेस्याम दिक तुम्खेवा, २ आरजीआर, मेजर हितमान गुरुङ आरजीआर रेजिमेन्टल ऐसोसिएसन नेपालका प्रिसिडेन्ट र निशानी माई टोलीको सहभागिता थियो ।
यस वर्ष तीन विभिन्न स्थान अल्डरसट, मिडल्याण्ड्स ननीटन र नर्थ क्यार्टिक योर्कमा कार्यक्रम भएका थिए । विगतमा कोरोना महामारी र बेलायती महारानीको निधनले तीन वर्ष कार्यक्रम भएको थिएन ।
कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरुले २०१५ को बेलायत पोखरा मुख्य दरबार र २०१९ को मिनी दरबार, दिल्ली डे मा विशेष योग्दान पुर्याउने सदस्यहरु र दिदीबहिनीहरुलाई धन्यवादस्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
अल्डरसटको कार्यक्रममा निशानी माई ल्याइएको थियो । लाली पल्टनको चलननुसार उपस्थित सबैले फूल चढाउने कार्यक्रम भयो । विशेष खालको ड्रिल गरेर मात्र निशानी माईलाई एक देखि अर्को स्थानमा सार्न सकिन्छ । कार्यक्रममा प्रशस्त खाना, पिउने र नाचगान कार्यक्रम भएको थियो।
साँस्कृतिक विभाग प्रमुख ले. रि. रेशम शेरचनले सक्दो रमाइलो गरेका थिए । नेपालबाट आएका गायिका नानु गुरुङको प्रस्तुति विशेष रहेको थियो । खानाको बन्दोबस्तमा उत्तरबहादुर गुरुङ खट्टिएका थिए ।
२ जीआर ऐसोसिएसन युके (सिर्मोर साथीज्) का अध्यक्ष क्या. राजु गुरुङले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने २ जीआरका क्युईन टन्चन टिम, लाली गुरास समूह, प्रायोजक ऐम्पाएर हल अल्डरसटका एमडी पुरन गिरी, सारु एम्ब्रोइडर न्यूटिटनका संचालक क्याप्टेन भीम सारु, अल्डरसटको प्यालेस रेष्टुरेन्टका एमडी रिखी राना, २ जीआर ब्रान्च प्रतिनिधित्व गरेका सदस्यलगायत सम्पूर्णमा धन्यवाद दिएका थिए ।