लन्डन । बेलायत भ्रमणका क्रममा रोधीं कार्यक्रम सञ्चालिका बालकाशी गुरुङलाई क्वोंने (घोताने/ घोण्डे) गुरुङ (तमु) समाज यूकेले सम्मान गरेको छ ।
सोमबार ११ सेप्टेम्बर २०२३ मा फानबोरोमा रहेको गोर्खा प्यालेस रेस्टुरेन्टमा सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गरी गुरुङलाई क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका दाज्यूभाइ तथा चेलीबेटीहरुले सम्मान गरेका हुन् । बालकाशीलाई खादा, बुकी र मायाको चिनो अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङलगायतले दिएका थिए । कलाकारसमेत रहेकी बालकाशीले नेपालबाट मायाको चिनोस्वरुप दाजुभाइहरुलाई ढाका टोपी प्रदान गरिन् ।
चेलीबेटी प्रमुख चन्द्रदेवी क्वोंन्स्योले उक्त कार्यक्रम धेरै राम्रो रमाइलो भएको र रोधी कार्यक्रम सञ्चालिका बालकाशी गुरुङलाई सम्मान गर्न पाउनु आफूहरुका लागि अति नै खुशी र गौरव को कुरा भएको बताइन् ।
कार्यक्रममा समाजका अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, उनकी पत्नी लक्ष्मी गुरुङ, उपाध्यक्ष कुमार गुरुङ, उनकी श्रीमती मिना गुरुङ, संरक्षक क्याप्टेन जीवन गुरुङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, सल्लाहकार शान्तकुमार गुरुङ, तमु धिँ यूकेका उपाध्यक्ष कमल गुरुङ, उनकी पत्नि जयन्ती गुरुङ, क्याप्टेन नारायनबहादुर गुरुङ एमभीओ, व्यवसायी लक्ष्मी राईलगायतको उपस्थिति थियो ।
क्याप्टेन पिताम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कुमार गुरुङले सञ्चालन गरेका थिए ।
नायक तथा निर्देशक माओत्से गुरुङ, चलचित्र निर्माता बुद्धकुमार गुरुङ, नायिका रजनी गुरुङ (मंगली), चलचित्र निर्माता एवं रोधी टेलिभिजनकी कार्यक्रम प्रस्तोता बालकाशी गुरुङ अगस्ट २५ मा बेलायतमा आएका थिए ।