लन्डन । बगर भाइखलक युकेले विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा दसैं पाटी आयोजना गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा अक्टोबर २ आइतबार २०२२ का दिन बगर भाइखलक युकेले शुभकामना आदान-प्रदान तथा भव्य दसैं पार्टी आयोजना सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहारा यूकेका संस्थापक अध्यक्ष, समाजसेवी तथा बगर भाइखलक कास्कीका शुभचिन्तक नवीन गुरुङ थिए ।
यूकेमा क्रियाशील नेपाली संघसंस्थाका महत्वपूर्ण व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा बगर भाइखलक युकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव अर्जुन गुरुङ, कोषाध्यक्ष भानु (थकाली) गुरुङ, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य, आजीवन सदस्यहरु पनि थिए ।
त्यस्तै सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ तथा पदाधिकारी एवं सदस्यहरु, बगर भाइखलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, सहारा युकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, पदाधिकारी तथा सदस्यहरु, राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, पोखरेली मञ्च युकेका बाचस्पति रेग्मी तथा सदस्यहरु, आमा समूहका अध्यक्ष एवं सदस्यहरु थिए ।
कार्यक्रममा बगर भाइखलक कास्कीले सन्चालन गरेको ग्रासरुट फुटबल प्रशिक्षण र १२ औं संस्करणको भेट्रान फुटबल प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै आर्थिक सहयोग गर्न सबैसँग अनुरोधसमेत गरिएको बगर भाइखलक युकेले जनाएको छ ।