लन्डन । जि १० युके गठनपछि पहिलो जानकारी सभा हुने भएको छ । आगामी २० अगस्टमा ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा दिउँसो १२ बजे उक्त आमसभा हुने भएको हो ।
लामो समयदेखि गोर्खाहरुप्रति विभेद कायम रहेकोमा जिटुजि वार्ताले सुधारको प्रयास भए पनि सहमति पालना नभएको गुनासो छ ।
समान परिश्रमको समान श्रम, समान सुविधा, समान बन्दोबन्ती र समान पदोन्नतिको मागबमोजिम त्रिपक्षीय सन्धि/सम्झौता भएको थियो । तर सहमतिको पालना गर्न बेलायत र नेपाल सरकारले अवसर गुमाउने छैन भन्नेमा निश्चित पूर्व गोर्खाहरुले सन्धि सम्झौता पालना नभएको गुनासो गरेका छन् ।
उनीहरु भन्छन्, ‘समान आदर र सम्मानपूर्वक अन्तर्राष्ट्रिय हैशियत कायम गर्नु हो । अपमान गर्नुको लागि होइन । एक राष्ट्र अर्को राष्ट्रलाई मित्र राष्ट्रको रुपमा स्वीकारेपछि सम्पन्नता र विपन्नताको दृष्टिले हेर्नु गलत हुन्छ । यदि समानरुपमा आदर सम्मान हुन्न भने कुनै पनि सन्धि सम्झौता व्यावहारिक र समय सान्दर्भिक छैन भने कि संशोधन कि नवीकरण वा खारेज गर्नुपर्छ । तर त्रिपक्षीय सन्धिमा उल्लेख भएअनुसार न पालना भएको छ, न संशोधन भएको छ, न नवीकरण नै । न त खारेजी नै । अन्तराष्ट्रिय जगत्मा अपमान र बेइज्जतमात्र भएको छ ।’
गोर्खाहरुले समान न्याय पाउनका लागि पुष्पा राणा घले, धनबहादुर गुरुङ, ज्ञानराज राईहरुले कठित आमरण अनसन बस्नु परेको थियो । यसअघि ३ नोभेम्बर, २०२२ को पहिलो वार्तामा नै बेलफेयर बाहेकको पेन्सन र क्षतिपूर्ति लगायत अन्य विषयको छलफलको ढोका बन्द हुने अवस्था थियो । तर उनीहरुको जोडबलले वार्ताको ढोकाले निरन्तरता पाइरहेको छ ।