लन्डन । चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट शनिबार सम्पन्न भयो । अल्डरसटको एल्डरवुड लेजर सेन्टरमा भएको कार्यक्रममा विविध कार्यक्रम भए ।
सो अवसरमा विभिन्न व्यक्तित्वको सम्मान गरिएको थियो । जसमा ८० वर्ष उमेर पुगेका धनबहादुर गुरुङ (लामे) र रामसिङ घले (खाल्टे) लाई धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङले समाजको तर्फबाट लठ्ठी प्रदान गरी खादा ओढाई सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिए ।
धर्म गुरु खेम्पो रिम्पोचे श्रीलम गुरुङ र किसनसिंङ घलेलाई भने समाजका अध्यक्ष बनेकुमार गुरुङले सम्मान गरे । तमु धीं युकेले आदर्श तमुले सम्मानित ब्रिटिस भूपू मेजर कृष्णबहादुर गुरुङ र उनकी पत्ती अमला गुरुङलाई क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरे ।
तमु धीं युकेले आदर्श तमुले सम्मानित पन्च गुरुङ र उनका श्रीमान ब्रिटिस भूपू लेप्टेन कुसंङ गुरुङलाई क्रमु ओढाइ र क्रगि लगाइदिएर अध्यक्षले सम्मान गरे । एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र उनकी पत्नी सीता गुरुङलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरियो । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा निर्वाचित ब्रिटिस भूपू ह. लेप्टन चन्द्रबहादुर गुरुङ र उनकी पत्नी बिमला गुरुङ र दिलराज गुरुङलाई समाजका अध्यक्षल क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरे ।
समाजको नयाँ सदस्यलाई उपाध्यक्ष दुर्गा गुरुङ र आमा समूहका अध्यक्ष पन्च गुरुङले खादा र व्याच लगाएर स्वागत गरे । नवविवाहित जोडीहरुलाइ क्रगि लगाइदिएर र क्रमु ओडाएर आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना दिइयो । गोर्खा कपमा फुड स्टलमा सहयोग गर्ने सबै स्वयंसेवकहरुलाई खादा लगाईं धन्यवाद दिइयो । फुड स्टलमा मुख्य भूमिका निर्वाह गर्ने हेड सेफ प्रकास गुरुङ र उनकी पत्नी जयन्ती गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सम्मान गर्नेक्रममा विभिन्न संघसंस्थाहरुमा अध्यक्ष पदमा निर्वाचित बेसिंस्टक नेपाली समाजको अध्यक्ष दुर्गा गुरुङ, पर्वत वेलफेयर सोसाइटी अध्यक्ष अप्सरा गुरुङ, श्रीमती योगिता गुरुङको श्रीमान् अनिल गुरुङ र गोर्खा दरबार रेष्टुरेन्टको मालिक धनबहादुर गुरुङ क्रगि लगाइदिएर र क्रमु ओडाएर सम्मान गरियो ।
समाजका अध्यक्ष बनेकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गा गुरुङ र संचालन महासचिव अमर गुरुङले गरे । कार्यक्रममा नेपाली कलाकार शिव हमाल र मनमाया वाइबाको प्रस्तुतिले सबैलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।