लन्डन । बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ । अल्डरसटस्थित डि लउन्ज रेस्टुरेन्टमा आइतबार ६ अगस्ट २०२३ बिहान ९ बजेर ३० मिनेटबाट सुरु भई करिब ५ बजेसम्म कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रमको मूल उद्देश्य मानिसले स्वस्थ्यकर जीवन जिउन, धनआर्जन गर्न, व्यापार व्यवसाय संचालन गर्न र खुसी हुनेसम्बन्धी थियो ।
नेपालको ख्याति प्राप्त बाँसुरी बाधक धन गुरुङ र डियमटी ब्यान्डको संयोजक दिनेश गुरुङले सुमधुर क्लासिक धुनबाट सुरु गरिएको थियो । त्यसपश्चात् डा विशाल गुरुङले कार्यक्रम संचालन गरेको थियो ।
आयोजक मान गुरुङले अन्लिस योर इन्नर सेल्फ इभेन्टको उद्देश्य, दृष्टिकोणको बारेमा प्रस्ट्याइ व्यक्तित्व विकास गर्न भित्रैबाट शक्ति कसरी निकाल्ने बारेमा सिकाउनु साथै जानकारी दिए । दिनेश रोकाले हाम्रो शारीरिक तथा मानसिक तन्दुरुस्त कसरी राख्न सकिन्छ भन्नेबारे, श्याम श्रेष्ठले एकाउन्टिङ र फाइनान्सबारे, मेघ गुरुङले योगिक साइन्सबारे, एल एन पाण्डेले लगानी र उद्यमशीलताको बारे, दिग्विजय घलेले पौष्टिक तत्वको बारे, सुमन पुनले व्यापार व्यवसाय गर्दा ध्यान दिनु पर्ने र कसरी सफल हुनेबारे प्रस्ट्याएका थिए ।
डा विशाल गुरुङले कार्यक्रम संचालन गरेको थियो भने दिनेश गुरुङले डिजे र सिजनले भिडियोग्राफी तथा दोहोरी कलाकार सागर गुरुङ र हल व्यवस्थापनमा डि लाउन्जले विशेष सहयोग गरेका थिए भने गोल्ड प्रायोजन गोर्खा सर्भिसेस लिमिटेड र सिल्भर प्रायोजन पेपर वोर्क सोलुसनले गरेको थियो ।
अन्त्यमा उपस्थित सबैलाई सकारात्मक परिवर्तन हुने अभ्यास गराई प्रत्यक्ष अथवा अप्रत्यक्ष सहयोग पूरा उनलाई आयोजक मान गुरुङले धन्यवाद दिए ।