लन्डन । 'अनलिस योर इनरसेल्फ’ शीर्षकमा माउसटेल वेब सर्भिसेस अल्डरसटले बेलायतको अल्डरसटमा आइतबार (६ अगस्ट)मा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट गर्दैछ ।
विभिन्न क्षेत्रका विज्ञहरुको प्रस्तुतिसहित कार्यक्रम हुने माउसटेलका निर्देशक मान गुरुङले जानकारी दिए । उनले कार्यक्रममा स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा छलफल हुने बताए । कार्यक्रम अल्डरसटको भिक्टोरिया रोडस्थित डिलाउन्जमा बिहान साढे ९ बजे र दिउँसो ४ बजे दुई चरणमा कार्यक्रम हुने उनले जनाए ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी डा विशाल गुरुङ, पोषणसम्बन्धी डिग्विजय घले, व्यवसायबारे सुमन पुन, लेखा तथा करसम्बन्धी श्याम श्रेष्ठ, ट्रान्फमेसनबारे मान गुरुङ, वेलनेस कोच दिनेश रोका, डान्स कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, सनही र बाँसुरी वादक धन गुरुङ, योगाबारे मेघ गुरुङ, लगानीसम्बन्धमा एलएन पाण्डे र लाटे आर्ट च्याम्पियन धन तामाङले प्रशिक्षण दिने छन् ।
कार्यक्रममा आफूभित्रबाट नै शक्ति निकाल्ने र शान्ति, खुसी र धन आर्जन गर्नको लागि सिकाउने र अनुभव गराइन्छ । कार्यक्रम युवा तथा अभिभावक, सामाजिक नेतृत्व गर्ने र युवादेखि वृद्धसम्मलाई लक्षित गरी आयोजना गरिएको गुरुङले बताए । उनका अनुसार व्यावसायिक तथा सामाजिक मिश्रित कार्यक्रम भएकोले चाहना हुने तर पैसा नभएको खण्डमा निशुल्क सहभागी गराइने छ ।
माउसटेलका निर्देशक मान गुरुङका अनुसार नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो ।
कार्यक्रममा विश्वमा प्रयोग गरिएको अतिविशिष्ट औजारहरु तथा तरिकाहरु प्रयोग गरिने छ । जसलाई ग्रेटर रसमूर नेप्लिज कम्युनिटी यूके, पेपरवर्क सोलुसनलगायतले संस्थाको सहयोग रहेको छ । मुनाफाबाट आएको केही रकम युवा तथा वृद्धहरुको सहयोगमा खर्चिने जनाइएको छ ।