काठमाडौं । मिलन फाउन्डेसन नेपालको हालै सम्पन्न तेस्रो अधिवेशनले गंगाकुमारी गुरुङलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । उनको यो तेस्रो कार्यकाल हो ।
संस्थाको उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सहसचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सहकोषाध्यक्षमा धनकुमारी गुरुङ निर्वाचित भए । सदस्यमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षत्री छन् । नौ सदस्यीय कार्यसमितिको सल्लाहकारमा क्या. हितकाजी गुरुङ र रूद्रबहादुर श्रीस रहेका छन् ।
अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका उपाध्यक्ष खिमा गुरुङले गरेकी थिइन् । उनले सो अवसरमा सामाजिक सेवामा मिलन फाउन्डेसन नेपाल अब्बल संस्था रहेको बताइन् ।
मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेलले मिलन ग्रुप अफ नेपालमा आबद्ध विभिन्न संघसंस्थामार्फत नेपालका विभिन्न क्षेत्रमा सामाजिक योगदान गरिरहेको बताए ।
मिलन डिजी इन्टरनेशनल प्रवक्ता रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वले संस्थालाई अझ सक्रियताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरे ।
मिलन फाउन्डेसन नेपाल अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङ, फाउन्डेसन सदस्य अमरबहादुर अधिकारी र उपाध्यक्ष देवी गुरुङ लगायतले बोलेका थिए ।
हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ द्वारा उक्त सामाजिक संस्था स्थापना गरिएको हो ।