लठ्ठी जस्तै सहारा बनौं, सहारा बनी दिनु लठ्ठी जस्तै
निस्वार्थ भावले,
अरुको जीवनको सहारा बनौं लठ्ठी जस्तै
अरुको जीवनको सहारा बनौं लठ्ठी जस्तै
जस्को कुनै स्वार्थ छैन जस्ले कुनै भेदभाव गर्दैन ।
कति निस्वार्थ छ लठ्ठी
जस्ले अरुको जीवनलाई सहारा दिन्छ,
कसैलाई ठूलो स्यानो भन्दैन,
धनी गरीब भन्दैन
बेसाहराहरुको सहारा बनौं लठ्ठी जस्तै ।
चाहे बच्चा होस् या जवान या होस वृद्धा
बराबर सहारा दिन्छ कुनै भेदभाव गर्दैन ।
चाहे जाडो होस् या गर्मी
हाम्रो साथमा हिंडी दिन्छ कत्ति पनि गाह्रो नमानी
अरुको जीवनको लठ्ठी जस्तै सहारा बनौं ।
लठ्ठीले कहिले पनि आफूले गरेको परिश्रम पनि माग्दैन
निःस्वार्थ भावले सेवा दिँदै जानु हुन्छ
भनिन्छ नि,
हाम्रो जीवन अरुको सहयोग र सहाराको लागि हो ।
लठ्ठीजस्तै अरुको जीवको सहारा बनौं
जस्तै कहिले पनि राजनीति पनि गर्दैन,
जहाँ हजुरले लैजानु हुन्छ साथमा जानु हुन्छ
कुनै बहाना पनि बनाउँदैन
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं ।
लठ्ठीबाट धेरै ज्ञान मिल्छ हामीलाई
जस्तै यो संसारमा
धनी, गरीब, स्यानो ठूलो जातीय भेदभाव पनि कहिल्यै पनि गर्दैन
सबैलाई सम्मानीय दृष्टिले हेरिदिन्छ
लठ्ठी जस्तै उच्च विचार राखौं
अरुको जीवनको सहारा बनौं ।
हजुर जहाँ जानु हुन्छ छायाँ बनि साथमा हिडी दिन्छ ।
हजुर बस्नु भए बस्नु हुन्छ,
हिंड्नु भए हिंडी दिन्छ
कति आज्ञाकारी छ लठ्ठी
कहिले पनि भोक लाग्यो, तिर्खा लाग्यो भन्दैन
कति ज्ञानी छ लठ्ठी
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं ।
कहिले पनि कसैसँत झगडा गर्दैन
घामपानी भन्दैन,
उकाली ओराली भन्दैन
कहिल्यै पनि मलाई थकाई लाग्यो भन्दैन
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं
कतै लुकी पो जान्छ की,
छोडेर पो जान्छ की ?
भन्ने डर छैन ।
एक्दमै अनुशासित र दयालु हुन्छ लठ्ठी,
ऐना जस्तै सफा र सच्चा मनको हुन्छ लठ्ठी,
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं ।
अँधेरो उज्यालो भन्दैन,
कसैलाई धेरै, कसैलाई थोरै हैन बराबर सहारा दिन्छ
कति मायालु र दयालु छ लठ्ठी,
कतै उडेर, छोडेर एक्लै बनाएर
बेसाहरा बनाएर जान्छ कि भन्ने डर छैन
हाम्रो जीवनको घनिष्ठ मित्र हो लठ्ठी,
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं ।
लठ्ठीबाट धेरै प्रेरणा मिल्छ हामीलाई
सहारा बनी दिनू लठ्ठी जस्तै
निःस्वार्थ भावले सेवा गर्नु,
अरुको जीवनको सहारा बनी दिनु
हजुरको साथसाथमा हजुरको गन्तव्यमा पु¥याई दिन्छ
लठ्ठी जस्तै अरुको जीवनको सहारा बनौं ।
कति दयालु, कति महान, कति आज्ञाकारी छ लठ्ठी
निस्वार्थ भावले अरुको सेवा गर्नु पर्दछ
भन्ने लठ्ठीबाट हामीलाई प्रेरणा मिल्छ ।
हाम्रो जीवनको आखिरी पलसम्म
हामीलाई सेवा दिन्छ
हाम्रो साथमा रहीरहन्छ ।
निःस्वार्थ भावले लठ्ठीजस्तै अरुको सेवा गरौं,
कति महान छ लठ्ठी
लठ्ठीजस्तै अरुको जीवनको सहारा बनौं ।
हाल लण्डन ।