लन्डन । गीत संगीत र अभिनयका सर्जक कृष्ण गुरुङज्यूको उपचारका लागि तमु कलाकार साँस्कृतिक मञ्च यूके अध्यक्ष पदमराज गुरूङ र उनको कार्यसमितिको पहलमा कृष्ण गुरूङ स्वास्थ्योपचार आर्थिक सहयोग गरिएको छ ।
अभियानबाट कुल १७ लाख २९ हजार रूपैंया आर्थिक सहयोग संकलन गरिएको थियो । बेलायतस्थित तमु समाज यूके, नादा समाज यूके, तमु धीं यूके, क्रोम्छें त्होर्जे थिम्जे समाज यूके जस्ता समाजहरू लगायत १ सय ३४ जना व्यक्ति विशेषहरू यस अभियानमा प्रत्यक्ष सहभागी भएका थिए ।
केही महिना अगाडि अवस्थ भइ भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा जचाउँदा गुरुङको पेट (आमाशय र पित्तनलीको बीचमा) ट्युमर पलाएकोले मेजर अप्रेसन मार्फत ट्युमर निकालिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा जामुने सिम्लेका कृष्ण गुरुङ गीतकार, संगीतकार, गायककार, एवं वरिष्ठ बाँसुरी वाधक हुन् । उनी केही समय काठमाडौं ज्याठाटोलमा बस्ने गरेको हाल पोखराको सिमलचौर बस्छन् ।
गीतसंगीतका सर्जक कृष्ण गुरुङको पूर्ण स्वास्थ्य लाभको कामनासहित गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) अध्यक्ष गुन्ज बहादुर गुरुङ, जिफानका पूर्व कोषाध्यक्ष धनबहादुर गुरुङ (डिबी), जिफानका निवर्तमान निर्माता निर्देशक विभाग प्रमुख सोम गुरुङ, निवर्तमान महिला विभाग प्रमुख इन्द्रमाया गुरुङ, जिफानका केन्द्रीय समितिका कार्यकारी सचिव एवं रोधीं टेलिभिजनका प्रवन्ध निर्देशक बालकाशी गुरुङ र केन्द्रीय सदस्य एवं चलचित्र ङ्हेल्स्यो सैनाका क्षेत्रीय निर्माता तोल प्रसाद गुरुङले प्रत्यक्ष भेट गरेका थिए ।