लन्डन । एनआरएनए यूकेको नयाँ कार्यसमितिको लागि शनिबार मतदान जारी छ । बिहान ६ देखि राति १२ बजेसम्म
अनलाइनमा आधारमा मतदानको व्यवस्था गरिएको छ । जसमा हालसम्म कुल मतदाता संख्याको दुइतिहाइ मत खसिसकेको निर्वाचन समितिले जनाएको छ ।
कुल मतदाता ४ हजार १ सय ८३ हुन् । निर्वाचन अनुगमन गरिरहेका आइसीसी उपमहासचिव रामशरण सिम्खडाका अनुसार निर्वाचनमा दुइतिहाइ खसिकेको हो ।
एनआरएनए यूकेमा पहिलोपटक फेस भेरिफिकेसन विधिबाट मतदान गराइएको हो ।
आगामी कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भए पनि अध्यक्ष, २ उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आइसीसी सदस्य पदमा भने मतदान भइरहेको हो ।
इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषदको अध्यक्ष पदमा पनि मतदान भएको छ ।
आगामी नेतृत्वका लागि हितकाजी गुरुङ, दिनेश घिमिरे र डा. नारायण कँडेल अध्यक्षका प्रत्यासी छन् ।
मतदान सम्पन्न भएको ३ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन आयुक्त हरि गुरुङले बताए ।