लन्डन । तमुधिं युकेले धर्मगुरू खेन ह्रिम्पोचे शीर लामा गुरूङ लगायत ४ धर्मगुरूलाई स्वागत गरेको छ ।
बेलायतका विभिन्न संघसंस्थाको निमन्त्रणमा बेलायत आएका उनीसहित खेन ह्रिम्पोचे दशरथ लामा गुरुङ, लामागुरु मनबहादुर गुरूङ र लामागुरु किसान घलेलाई मिचेटस्थित तमु नेपलिज कम्युनिटी सेन्टरमा विशेष कार्यक्रम गरी भव्य स्वागत सम्मान गरेको हो ।
तमुधिं युके अध्यक्ष हरि गुरुङ र आमा अध्यक्ष सन्ध्या गुरुङले धार्मिक विधिअनुसार गुरुहरूलाई स्वागत गरेका हुन् ।
महासचिव डा. विशाल गुरुङले सन्चालन गरेका कार्यक्रममा संयोजक तथा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत गर्दै कार्यक्रम बारे प्रष्टाए ।
तमुधिं युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष ग्याम गुरुङ, सल्लाहकार दिलरास गुरुङले शुभकामना मन्तव्य दिए ।
साथै आसन्न एनआरएनए यूके निर्वाचनमा अध्यक्षका प्रत्यासी तथा आइसिसिका सदस्यलाई अग्रीम बधाई तथा शुभकामना दिएका थिए। चारै जना गुरूहरूले आफ्नो बिषयमा संक्षिप्त परिचय र समसामयिक विषयमा छलफल सुझाव दिए ।
सो अवसरमा तमुधिं युके उपाध्यक्षद्वय जुमकाजी गुरुङ र कमल गुरूङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, तमु फोरम युकेका निर्देशक क्या. राजु गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर युके गुम्बाका पूर्व अध्यक्ष ले. नारायणप्रसाद गुरुङ बिइएम, बुद्धिष्ट गुम्बा रिडिङका अध्यक्ष इ. खेमबहादुर गुरुङ, पर्वत वेलफेयर सोसाइटी युके अध्यक्ष अप्सरा गुरुङ, चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ, पूर्र्व अध्यक्ष मे. कृष्णबहादुर गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, बगर भाइ खलक युके अध्यक्ष दिलरास गुरुङ तथा गुरुङ सोसाइटी केन्टका उपाध्यक्ष गोलमान गुरुङ, घोन्डे घोताने परिवार युके चेलिबेटी प्रमुख चन्द्रदेवी गुरुङ, समाजसेवी तथा सल्लाहकारहरु क्या. नारायणबहादुर गुरुङ एमभिओ, क्या. जीवन गुरुङ, चन्द्रमान गुरुङ, गोर्खा मिडिया युकेका डाइरेक्टर मिलन तमु, तमु धीं युकेका आजीवन सदस्य, सल्लाहकार, आमा समूह र कार्यसमितिको बाक्लो उपस्थिति थियो ।