लन्डन । भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ र साइकोलोजी काउन्सलर, मास्टर हिलर राजी श्रेष्ठ गुरुङ दुई हप्ताका लागि बेलायत आइपुगेका छन् ।
वी विल राईज फाउन्डेसनको निमन्त्रणामा गुरुङ जोडी बुधबर १९ जुलाई २०२३ का दिन बेलायत आएका हुन् । गत अप्रिल महिनामा पनि उनीहरु ग्रेटर रसमुर नेपाली कम्युनिटीको निम्तोमा बेलायत आएर नेचर वक, लाइफ ट्रान्सफर्मेसन रिट्रिट र धेरै जनालाई हिलिङ गराएर नेपाल फर्केका थिए । गुरुङ जोडीलाई नेपाली भिलेजका ईभेन्ट डाइरेक्टर तथा वी विल राईज फाउन्डेसनका बेलायत कोर्डिनेटर मानप्रसाद गुरुङको नेतृत्वमा गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा बुधबार स्वागत डिनर र भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा ६ पटक युके लाटे आर्ट च्याम्पियन धन तामाङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वअध्यक्ष एवं गोर्खा प्यालेसका सञ्चालक सूर्य गुरुङ, नेपाल भिलेज युकेका डाइरेक्टर पवित्र गुरुङ, काउन्सलर धनबहादुर सार्की, हाम्रो स्वाभिमान ट्रष्ट युकेका अध्यक्ष रोहित गुरुङ, फोटोग्राफर ईजरा श्रेष्ठ र ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका पीआर प्रकाश गुरुङको सहभागिता थियो ।
आगामी जुलाईको २१ देखि २३ सम्म ऐक्ज्युकेटिभ रिट्रिट, २६ जुलाईदेखि ३० जुलाई हाईक फर नेपालका साथै आकश नेचर वाक फर वेल्नेस र लिमिट्लेस युथ ट्रान्सफर्मेसनको कार्यक्रम इन्द्र र राजी गुरुङले वेल्समा गराउने जानकारी आयोजक मानप्रसाद गुरुङले गोर्खा मिडियालाई जानकारी दिए । उनका अनुसार कार्यक्रममा मिडिया र ब्लगर सपना रोकाको पनि उपस्थिति रहनेछ ।
पोखरेली मञ्च युके र वी विल राईज फाउन्डेसनको सक्रियता कार्यक्रम हुन लागेको हो ।
तस्बिरहरु : Ezara Shrestha