लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष पदका उम्मेदवार हित काजी गुरुङसहितका टोलीलाई स्कटल्यान्डमा स्वागत गरिएको छ ।
एनआरएनए यूकेको निर्वाचन नजिकिएसँगै अन्तरक्रिया कार्यक्रमका लागि अध्यक्ष पदका प्रत्याशी हित काजी गुरूङ , आईसीसी सदस्यहरु पदका प्रत्यासी दिलराज गुरुङ र मोहन कार्की सोमबार स्कटल्यान्ड पुगेका थिए । उनीहरुले एनआरएनए स्कटल्यान्ड परिषद्का पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसँग विभिन्न सहरहरुमा अन्तर्क्रिया कार्यक्रम गरेको स्थानीय घनश्याम भण्डारीले जानकारी दिए ।
एनआरएन स्कटल्यान्डको मुख्य कार्यालय पर्थको Hotel Grampian मा इंग्ल्यान्डबाट आएका समाजसेवीहरुलाई स्कटल्यान्ड सहरहरुका समाजसेवीहरुले स्वागत गरेका थिए भने नेपालबाट आएका कलाकार र इंग्ल्याण्ड, स्कटल्यान्डका समाजसेवीहरुलाई Hotel Grampian का डाइरेक्टर तथा एनआरएन स्कटल्यान्डका वर्तमान अध्यक्ष काशीराम भण्डारीले स्वागत गरेका थिए । अध्यक्ष भण्डारीले त्यसक्रममा एनआरएन स्कटल्यान्डका गतिविधि बारेमा प्रस्ट पारेका थिए ।
अध्यक्षका उम्मेदवार हित काजी गुरुङले आफूले स्कटल्यान्डका नेपालीहरुसँग कसरी सहकार्य गर्ने, एनआरएनए यूकेलाई एक ढिक्का बनाऊन अरुबाट भन्दा किन आफूबाट सजिलो छ भन्ने कुरालाई प्रस्ट पारेक थिए ।
प्रत्यासी गुरुङले अहिलेसम्म गरेका समाजसेवाका कामहरु चाहे ती पोखरा रंगशाला, गण्डकी अस्पताल हुन् वा गाउँ घरमा बनाइएका स्कुल हेल्थपोस्ट, समाज भवनहरु हुन् त्यस विषयमा बताएका थिए । त्यसपछि एबरडनको संस्था NHAS ले नेपाली वार्षिक पिकनिक तथा सांस्कृतिक कार्यक्रममा भेटघाट गर्ने क्रममा हित काजी गुरुङले यूकेको सब भन्दा टाढा र उचाईमा रहेको संस्था र समुदायसँग सहयोग आदनप्रदान गर्न पाउँदा खुसी रहेको जानकारी दिए ।
इडिनबोरोको कार्यक्रममा मोहन कार्की, मनीष खत्री, दिल गुरुङ, उज्जल कार्कीले एनआरएन अभियानमा अन्तरक्रिया गरेका थिए ।