लन्डन । पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेको वार्षिक भेला शनिबार अल्डरसोटस्थित एल्डरउड स्कूलको हलमा सम्पन्न भयो । समाजका अध्यक्ष जंगबहादुर गुरुङ र वयोवृद्ध ज्येष्ठ चेली लक्ष्मी गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरे ।
कार्यक्रममा समाज युकेका सदस्यहरु तथा परिवार र बेलायतमा रहेका कुस्मा नगरपालिका वडा १४ आर्थर डाँडाखर्क गाउँका ज्वाइँ चेलिबेटीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष जङ्गबहादुर गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष गोपाल गुरुङले धन्यबाद मन्तब्य राखेका थिए । महासचिव प्रसन्न गुरुङले कार्यक्रम संचालन गरे ।
अध्यक्ष गुरुङले पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराका संस्थापक अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङ र वर्तमान अध्यक्ष सब–इन्स्पेक्टर कमल गुरुङले पठाएको शुभकामना सन्देशको बारेमा जानकारी दिए ।
कार्यक्रममा चौरासी पुजा गरेका गुणा लक्ष्मी गुरुङ, ६६ बर्ष उमेर पार गरि ज्येष्ठ सदस्य (सिनियर सिटिजन मेम्बर) बनेका दुर्गाबहादुर गुरुङ, चिजकुमारी गुरुङ, कृष्णकुमारी गुरुङ, समाजका नयाँ सदस्य मनकुमारी गुरुङ, सुन्दर गुरुङ, गौतम गुरुङ, नम्रता गुरुङ, गरिमा गुरुङ, चन्द्र बहादुर गरुङ, हेमन्त गुरुङ, शशि गुरुङ, समिर गुरुङ, प्रतिमा गुरुङलाई स्वागत सम्मान गरियो ।
नवविवाहित दम्पतिहरु संजय गुरुङ तथा श्रीमती जिना गुरुङ, अनिश गुरुङ तथा श्रीमती उरुप्सा गुरुङ, ओमकार गुरुङ तथा श्रीमती सुष्मिता गुरुङ, निरज गुरुङ तथा श्रीमती पुजा गुरुङ, हेमन्त गुरुङ तथा श्रीमती शशि गुरुङ, पुष्पराज सुनुवार तथा श्रीमती लक्ष्मी गुरुङ, विभिन्न संगठन तथा सेवामा पदोउन्नति हाँसिल गरेका सदस्यहरु तथा ज्वाइँचेलीमा मेजर डेनि गुरुङ, स्टाफ सार्जन्ट कमल गुरुङ, स्टाफ सार्जन्ट अवशेष गुरुङ, कर्पोरल निरज गुरुङ, कर्पोरल दुचि गुरुङ र प्राइभेट प्रसन्न राई, शैक्षिक सत्र २०२२/२३ मा उच्च शिक्षा हासिल गरेका विद्यार्थी श्रेया गुरुङ, सिसोन गुरुङ र डा. विजयलक्ष्मी गुरुङ लगायत सन्तान लाभ गरेका दम्पतिहरु र आर्थिक सहयोग प्रायोजन गर्नुहुने सदस्य तथा चेलिबेटीलाई समाजका उपाध्यक्ष गोपाल गुरुङले हार्दिक बधाई तथा शुभकामना दिँदै समाजको लोगो अंकित मायाको चिनो सहित खादा ओढाई सम्मान गरेका थिए।
आर्थर डाँडाखर्क गाउँदेखि बेलायतको पारिवारिक भ्रमणमा आएका मेजर जितबहादुर गुरुङका दम्पति, भद्रबहादुर गुरुङका दम्पति, पूर्व अञ्चलाधीश लालकाजि गुरुङको दम्पति, खिम्पो लामा गुरु दशरथ गुरुङ, हेलि गुरुङ र मयुष्का गुरुङलाई समाजको लोगोअंकित मायाको चिनो प्रदान गरी स्वागत तथा सम्मान गरिएको उपाध्यक्ष गोपाल गुरुङले बताए ।
बार्षिक भेलामा गुणालक्ष्मी गुरुङ, लक्ष्मी गुरुङ, गोविन्द गुरुङ, माया गुरुङ, हिरासिह गुरुङ, मथुरादेवी गुरुङ, सन्दिप गुरुङ, शारदा गुरुङ, भोजबहादुर गुरुङ, तुलसि गुरुङ, मन्जु गुरुङ राई र हेमन्त गुरुङ लगायतका व्यक्तिहरुले प्रायोजन गरेका थिए।
सो अवसरमा केक काटेर सेलिब्रेसन गरियो ।
कार्यक्रममा मनोरञ्जनका निम्ति संस्कृतिक सचिव पूजा गुरुङको संयोजन र निवर्तमान संस्कृतिक सचिव सम्झना गुरुङको सहयोगमा समाजका सदस्य तथा चेलिबेटी परिवारकै कलाकारहरु सम्झना गुरुङ, निशा गुरुङ, सोफिया गुरुङ, सुमी गुरुङ, ग्रेटल गुरुङ, पूजा गुरुङ र प्रसन्न गुरुङले अति उत्कृष्ट तथा मनमोहक नृत्यहरु प्रस्तुत गरेका थिए।
मनोरंजनकै निम्ति सांस्कृतिक सचिव पूजा गुरुङ र उपाध्यक्ष गोपाल गुरुङको संयोजनमा बिङ्गो खेल पनि संचालन गरेको थियो। बिङ्गो संगसंगै डिजे सन्तोष गुरुङको गीत प्रस्तुति सहित म्युजिक डिजेको साथमा उपस्थित सबैले नाचेर कार्यक्रमको अन्त म्म भरपुर मनोरंजन गरेका थिए ।
नेपालको पर्वत, काश्की र स्याङ्जाको सिमाना पञ्चासे डाँडाको दक्षिण पश्चिम काखमा अवस्थित साविकको आर्थर डाँडाखर्क गाविस र हालको कुस्मा १४ का बासिन्दाहरु पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज युकेमा आबद्ध छन् । समाजको स्थापना १२ जुलाई २००८ मा भएको हो ।
शिवशरण गुरुङ