लन्डन । बागलुङे समाज युकेको वार्षिक भेटघाट कार्यक्रम अत्यन्त भव्य र सभ्यरुपमा सम्पन्न भएको छ ।
८ जुलाई २०२३ शनिबार अध्यक्ष धन बुढाथोकीको अध्यक्षमा फानबोरोस्थित सामुयल कोडी होम स्कुलमा वार्षिक कार्यक्रम सम्पन्न भएको हो । दिउँसो करिब १ बजे महासचिव शेर पुनले सुरुमा आसनग्रहण त्यसपछि सुरक्षा जानकारी दिँदै औपचारिकरुपमा कार्यक्रम सुरुआत गरेका थिए । वर्तमान अध्यक्ष धन बुढाथोकी, निवर्तमान अध्यक्ष छबिमाया पुन र कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष खड्क थापाले पानसमा बत्ती बालेर कार्यक्रम समुद्घाटन गरेका थिए । त्यसपश्चात गत एक वर्षमा दिवंगत भएका बागलुङेहरुको सम्झनामा दुई मिनेट मौन धारणा गरिएको थियो । लगत्तै नेपाल अनि ब्रिटेनको राष्ट्रिय धुन बजाइएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खड्क थापाले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि संस्थाको निमन्त्रणा बेलायत आएका बागलुङ जिल्लाका चर्चित कलाकारद्वय रिन केसी, राजेश बर्देवा तथा देवी घर्तीमगरलाई अध्यक्ष बुढाथोकीले खादा लगाई दिएर सम्मान तथा स्वागत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष थापाले सम्मानपत्र प्रदान गरे ।
लगत्तै युनिभर्सिटी लेभलमा उच्च डिग्री हासिल गर्ने बागलुङेहरुलाई अध्यक्ष बुढाथोकीबाट खादा लगाई सम्मान गरिएको थियो भने वरिष्ठ उपाध्यक्ष थापाद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसपछि बागलुङे समाज युकेका सम्पूर्ण कार्यसमितिका पधाधिकारीहरुलाई कलाकारद्वय रिना केसीले खादा लगाई र राजेश बर्देवाले मायाको चिनो दिएर सम्मान गरेका थिए । अध्यक्ष बुढाथोकीले समाजको तर्फबाट मन्तव्य राखेका थिए ।
मुख्य कार्यक्रम भनेकै मनोरन्जनात्मक थियो । आफ्नै बागलुङेपनको झल्को दिने गरी आमन्त्रित कलाकारद्वय रिन, राजेश र देवीले धमकेदार एकल प्रस्तुति दिए । जसमा सम्पूर्ण बागलुङेहरुले दिल खोलेर साथ दिए । नाचे र भरपुर मनोरन्जन लिए । बीच बीचमा बागलुङे चेलीहरु सपना र शर्मिलाको कौडा नाच साथै मुना काउछा र तारा पुनको एकल नाचले सुनमा सुगन्ध थपी दिएको थियो । युके वर्किङ भिसामा रहेका सन्तोष पुनले पनि आफ्नो एकल प्रस्तुति दिएर मनोरन्जन दिन सफल भए । सबै कार्यक्रमहरु वेबमास्टर नन्द पुनले सिनेम्याटिक क्यामराबाट कैद गरेका थिए भने समय समयमा सहकोषाध्यक्ष जंग पुनले भिडियो क्यामेरामार्फत कैद गरेका थिए ।
उपाध्यक्ष मेजर रिटायर्ड रुद्र छन्त्यालको अगुवाइमा उनको टिमसहित १० बजेदेखि हाल सेटअप, सजावट र सम्पूर्ण बन्दोबस्ती पूरा गरी ११ बजे गेट ओपन गरिएको कार्यक्रममा कोषाध्यक्ष हिरा पुन र सहकोषाध्यक्ष जंग पुनले टिकेट सेलिङ्ग र प्रवेशद्वारको जिम्मा लिएका थिए । पाहुनाहरुको आगमन हुँदै गर्दा समाजका अध्यक्ष बुढाथोकीले सम्पूर्ण कार्यसमितिका पधाधिकारीहरुलाई खादा लगाईदिएर सम्मान गरेका थिए । सोही समयमा छिमेकी जिल्ला पर्वत वेल्फेर सोसाईटीका अध्यक्ष अप्सरा गुरुङ र गुल्मीका अध्यक्ष वीर बलाल र उनको श्रीमतीलाई अध्यक्ष बुढाथोकीले खादा लगाईदिएर स्वागत तथा सम्मान गरेका थिए ।
सोही बेला टिपनटापन पनि खुलिसकेको थियो भने पाहुनाहरुको आउने क्रम जारी थियो अनि अर्को छेउमा भिम थापाको संयोजकत्वमा स्थापना भएको बागलुङे समाजको आफ्नै नौमती बाजाको नहरा घन्किरहेको थियो । स्टेजको एउटा छेउमा युथ कोवोर्डिनेटर गुमान्सिङ थापाले पावर पोइन्टमार्फत दानबिरहरुको नाम पर्दामा देखाइरहेका थिए भने बागलुङेहरुको उल्लेख्य उपस्थिति थियो ।
कलाकारहरुको एकल प्रस्तुतिपछि खाना खुलेको जानकारी भयो र सोही समयमा उपाध्यक्ष मेजर रिटायर्ड रुद्र छन्त्यालले राफल ड्रो सन्चालन गरे । जसमा विष्णुमाया छन्त्याल, छविमाया पुन, नरमती पुन, शोभा रिजाल र पवित्र पुनले साथ सहयोग दिएका थिए । सुरुदेखिन अन्त्यसम्म कलाकारहरुको रेखदेख र अन्य विविध कामहरुमा सहयोग गरिएको थियो । राफल ड्र सकिनासाथ भिम थापाको अगुवाईमा बागलुङे समाजको आफ्नै नौमती बाजाको प्रस्तुति सुरु भयो । नौमती बाजा बजिरहँदा सबैले नाचेर मनोरन्जन लिए ।
बाजाको तालमा रमाइरहँदा समय साँझको ९ बजिसकेको थियो । अबको पालो भनेकै बागलुङ जिल्लाको अत्यन्त चर्चित मौलिक भाका झ्यामरे थियो । सबै कलाकारहरु साथै नाच्न गाउन तम्सिएका बागलुङेहरु एकत्रित भइसकेका थिए र सुरु भयो मौलिक झ्यामरे भाका, जसमा सबैले साथ दिएका थिए । सबैको नाचमा बागलुङेको मौलिक परिचय झल्किरहेको थियो भने वातावरण बागलुङेमय बनेको थियो । झ्यामरे भाकामा रमाइरहँदा समयले डाँडा काटेको पत्तै भएन छ । करिब रातको १० बजे स्वफूर्त साफ सफाईको साथ कार्यक्रम अन्त्य भएको थियो ।
अन्त्यमा २०२३ सालको बागलुङे वार्षिक भेटघाट कार्यक्रम भव्य र सभ्यरुपमा सफल पारिदिएकोमा सम्पूर्ण उपस्थित बाआमा, दाजुभाइ, दिदीबहिनी र बाबुनानीहरु, आमन्त्रित कलाकारहरु, विशिष्ट पाहुनाहरु, नौमती बाजासमूह, कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने महानुभावहरुमा समाजका अध्यक्ष बुढाथोकीले धन्यवाद ज्ञापन गरेका थिए ।
ड्रिंस् वितरणमा सहयोग गर्ने सम्पूर्ण भान्जीहरु, खान प्रोभाईड गर्ने द् प्यालेस समूह र साउण्ड सिस्टम उपलब्ध गरिदिने गोर्खा साउण्ड सिस्टमलाई पनि अध्यक्ष बुढाथोकीले विशेष धन्यवाद दिएका थिए । कार्यक्रमको फोटोग्राफी र भिडियो सहकोषाध्यक्ष जंग पुन र वेब डिजाईनर नन्द पुन र मिडिया सेक्रेटरी बिसन थापाले गरेका थिए ।