Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • 'एनआरएनए युकेलाई एकताबद्ध पार्ने मेरो प्रमुख एजेन्डा'
'एनआरएनए युकेलाई एकताबद्ध पार्ने मेरो प्रमुख एजेन्डा'
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, असार २५, २०८०

बेलायतवासी नेपाली समुदायमा परिचित नाम हो, हित काजी गुरुङ । करिब साढे दुई दशकदेखि प्रत्यक्ष सामाजिक काममा लागिरहेका गुरुङ यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । यही जुलाई २२ तारिखमा हुने एनआरएनए यूकेको चुनावबाट नेतृत्व लिने दाउमा उनी लागिपरेका छन् ।

नेपालको पर्वत जिल्ला, कुश्मा नगरपालिका-३, दुर्लुङ काफलचौर गाउँमा वि. सं २०२३ मा जन्मिएका गुरुङले मतदानको दिन नजिकिँदै गर्दा आफ्नो एजेन्डासहित प्रचारप्रसारलाई पनि तीव्रता दिएका छन् । बेलायतमै दरिलो र बलियो संस्था तमुधिं यूकेको संस्थापक सचिवदेखि अध्यक्षसम्म र अन्य दर्जन संस्थाको विभिन्न जिम्मेवारी सम्हालेर खारिएका हित काजीले एनआरएनए यूकेलाई एकताबद्ध पार्ने एजेन्डालाई पहिलो प्राथमिकतामा राखेका छन् । सिधा र प्रस्ट बोल्ने खुवीका गुरुङले एनआरएनए नागरिकतालाई कार्यान्वयन गर्दै वंशजको आधारमा नागरिकता निरन्तरता अभियानलाई अगाडि बढाउन, भूपू गोर्खा सैनिक समस्या समाधान गर्न जारी वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन, केन्द्रले सुरु गरेको सामाजिक सुरक्षा, डलर एकाउन्ट लगायत विषयलाई तीव्रता दिन एजेन्डालाई आफ्नो महत्वपूर्ण बुँदाका रुपमा प्रस्तुत गरेका छन् । यस्तै युवा, व्यवसायी, महिला, बालबालिकालगायत बेलायतस्थित सबै नेपालीहरुका हक र हित सुरक्षित गर्न, बेलायतस्थित सबै नेपाली संघसंस्थासँग सहकार्य गरी मातृभूमिको सेवा गर्न आफूले एनआरएनए यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिएको हित काजी गुरुङले प्रस्ट्याएका छन् ।     

एनआरएनए यूकेको आगामी नेतृत्वका लागि दाबेदार गुरुङ  सन् २००० मा स्थापित तमूधिं यूकेको संस्थापक सचिव, सहकोषाध्यक्ष, कोषाध्यक्ष, ३ कार्यकाल उपाध्यक्षको भूमिकामा रहँदै सन् २०२१/२२ मा एघारौं कार्यसमितिको अध्यक्ष बनेका थिए । यस्तै पर्वत वेलफेयर सोसाईटी यूकेका संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक प्रमुख संरक्षक हुन् उनी । गैरआवासीय नेपालीहरुको समस्याहरुसँग परिचित गुरुङले यसअघि पर्वतको कुस्मा नगर विकास समितिको अध्यक्षतासमेत गरिसकेका छन् । उनी बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सल्लाहकारका साथसाथै एनआरएनए यूकेको वर्तमान कार्यसमितिको सदस्य भइसकेका छन् ।

आमा मीनकुमारी गुरुङ र बुबा हिरासिङ गुरुङका चार छोरा, एक छोरीमध्येका कान्छा हुन् हितकाजी । दाजुहरु क्या. चित्रबहादुर गुरुङ, गोपाल गुरुङ र अतीप्रसाद गुरुङ ब्रिटिस गोर्खाका सेवक भए । उनले गाउँबाटै पढाई सुरु गरेर प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे अनि पोखराको पृथ्वीनारायण क्याम्पसमा साढे एक वर्ष पढे । बाबाआमाको करकापले ब्रिटिस क्याम्पसम्म त पुगे तर हरियो कपडा लगाउने भित्री चाहना कहिल्यै भएन । सबै नेपालीलाई छोएको व्यथा विदेश जाने लहरले हित काजीलाई पनि अछुतो राखेन । १९८८ सालमा जापान पुगे । १९९० सालमा दक्षिण कोरिया पुगे । केही वर्ष विदेशको अनुभव लिएर नेपाल फर्किएपछि १९९० सालमा सीता गुरुङसँग वैवाहिक सम्बन्धमा जोडिए ।

१९९५ सालमा बेलायत आइपुगे । त्यो बेला बेलायतमा नेपालीहरुको संख्या एकदमै न्यून थियो । संघसंस्थाहरु खुल्ने कुरै भएन । यति नेपाली एसोसिएसन यूकेमात्र थियो । त्यो नेपालीहरुको पहिलो संस्था थियो । हित काजी १९९६/९७ साल सो कार्यसमिति सदस्य बने । विस्तारै नेपालीहरुको संख्या बढ्नेक्रम सुरु भयो । फलस्वरुप १९९९ सालमा तमुधिं यूकेको स्थापना भयो । हित काजी तमुधिं यूकेका संस्थापक सचिवबाट कार्यारम्भ गरे । 

२००६ मा नेपाल गई दुई वर्ष (२००७-२००८) कुश्मा नगर विकासको अध्यक्ष भएर काम गरे । यूकेमा नेपालीहरुको कुम्भ मेला मानिने "नेपाली मेला"को दुई पटक संयोजक बनेर काम गरे । ल्होछार २०१९ को पनि संयोजकको अभिभारा उनले सफलतापूर्वक गरे । तमुधिं यूकेको इतिहासमै नौलो काम आफ्नै संस्थाको टिम बनाएर १०० किलोमिटर हिँड्ने "ट्रेल वकर"मा भाग लिएर सफलतापूर्वक पूरा गरे । सो सहासी कामको टिम लिडर हित काजी नै थिए । च्यारिटीका लागि २ हजार पाउन्ड उठाउन सफल भएका थिए उनी । 

सामाजिक र राजनीतिमात्रै होइन उनी खेलकुदमा पनि त्यत्तिकै रुचि राख्छन् । उनीसँग धौलागिरि अञ्चलबाट भलिबल, सुटिङ र तेक्वान्दो खेलमा पटक-पटक खेलेको अनुभव छ । नेपालमा हुँदा राष्ट्रिय खेलाडी बने उनी । विभिन्न संस्थामा रहँदा उनले सिराहको बाढी पहिरो, नेपालको महाभूकम्प, ईराकमा १२ जना नेपालीहरुको हत्यालगायत घटनाहरूमा आहातमा राहत पुर्‍याउन उल्लेखनीय भूमिका खेले । 

हित काजी गुरुङ, श्रीमती मन्जु (सीता) गुरुङ र छोरी सोनिया (सामीन) गुरुङ अल्डरसटमा बस्छन् । बोली खस्रो भनिए पनि मन कमलो र अरुको हित चाहने गुण छ हित काजीको । 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप व्यक्तित्व
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
लोकदोहोरीमा उदीयमान सन्तराज
लोकदोहोरीमा उदीयमान सन्तराज बुधबार, पुस १८, २०८०
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ 
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ  शनिबार, मंसिर ९, २०८०
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्