लन्डन । एनआरएनए यूके निर्वाचनअन्तर्गत अन्तिम नामावली प्रकाशित गरिएको छ । आगामी २२ जुलाईमा हुने मतदानमा नेतृत्वका लागि ३ जनाबीच प्रतिस्पर्धा हुनेछ ।
निर्वाचन तालिका अनुसार ५ जुलाई राति ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । जसको अन्तिम नामावली बिहीबार दिउँसो १ बजे प्रकाशित गरिएको हो ।
अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ र नारायण कँडेलबीच प्रतिस्पर्धा हुने छ । एलबिजेड गुरुङले उम्मेदवारी फिर्ता लिँदे हितकाजीलाई समर्थन गरेका हुन् ।
२ उपाध्यक्षका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । ज्ञानेन्द्र आले मगर, सुरेश परियार, ओमन गौचन, कमान सिंह कर्मा पहाडी शेर्पा, रवीन्द्र कणेलबीच प्रतिस्पर्धा हुने छ ।
महिला उपाध्यक्षमा इन्दिरा खनिया (सपना) निर्विरोध भएकी छन् । राज्य परिषद् अन्तर्गत स्कटल्यान्ड उपाध्यक्षमा रामप्रसाद बगाले र मनिष खत्री प्रतिस्पर्धामा छन् । वेल्स उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी र नर्थन आयरल्याण्डमा लिलाराम नेउरे निर्विरोध भइसकेका छन् ।
महासचिवमा गोविन्द शर्मा खरेल र बालकृष्ण भुसालबीच कडा प्रतिस्पर्धा छ ।
२ सचिवमा सरोज थापा र तिलक भट्टराई निर्विरोध भइसकेका छन् । महिला सचिवमा प्रतिभा न्यौपाने, कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध भइसकेका छन् ।
सहकोषाध्यक्षमा भने हेमकुमार गुरुङ र सुमन शर्माको उम्मेदवारी छ ।
महिला कोर्डिनेटरमा रोजिना गुरुङ सर्वसम्मत निर्वाचित हुँदा कोर्डिनेटर यूथमा वीरेन्द्र नेपाल र सुजीत शाही चुनावी मैदानमा छन् ।
१२ सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ । राम थापा, सन्दीप पुडासैनी, नारायण गिरी, मानबहादुर राई, मिलन केसी, पम्फा क्षेत्री (विनीता बस्नेत), गंगाबहादुर क्षेत्री, काशी राज बोहरा र मोहनलाल ओली निर्विरोध भए ।
चार आइसिसी सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रबहादुर गुरुङ, सुनिल बाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, प्राडा सुनिल कुमार साह र दिल रस गुरुङले उम्मेदवारी दिएका छन् ।
इंग्ल्याण्ड अध्यक्षका स्वयम्भूप्रसाद अर्याल र सन्तोषकुमार सुवेदी चुनावी मैदानमा छन् । तर, उपाध्यक्ष र सचिवमा भने सर्वसम्मत भएको छ । उपाध्यक्षमा देउमन इजम र सचिवमा अन्जु कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै, नर्थन आयरल्यान्डतर्फ सबै पदमा सर्वसम्मत भएको छ भने सदस्य पदमा कम उम्मेदवारी परेको छ । अध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा छेम रेग्मी, सचिवमा पूर्णेश्वर कँडेल सर्वसम्मत निर्वाचित भए ।
यस्तै, ४ जना सदस्यमा भूमिश्वर सापकोटा र सलमा श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
यस्तै, स्कटल्यान्डमा भने मतदान हुनेछ । अध्यक्षमा दिवाकर पाण्डे र उज्ज्वल कार्की प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा प्रजापति शर्मा र कमला श्रेष्ठले उम्मेदवारी छ ।
सचिवमा मोतीलाल खरेल र रामप्रसाद कँडेलबिच चुनाव हुनेछ भने उपसचिवमा भूपाल कार्की र भोजराज खरेलले प्रतिस्पर्धा गरेका छन् ।
कोषाध्यक्षमा वासुदेव पोखरेल तथा उपकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध भए । ४ सदस्यका लागि ८ जना सागर पाण्डे, झपेन्द्र सापकोटा, मनहरि सापकोटा, बिराज ढुङ्गेल, जीवलाल भण्डारी, पवित्रा भण्डारी, तुलसीराम न्यौपाने र स्वस्तिमा खड्काले उम्मेदवारी दिएका छन् ।
एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि उम्मेद्वारी परेन । चिरञ्जीवी ढकाल संयोजक रहेको निर्वाचन समितिमा हरि गुरुङ र विपिन निरौला सदस्य छन् ।