हङकङ । तमु प्ये ल्हु संघ हङकङको अध्यक्षमा मनबहादुर क्रोम्छै तमु (कास्की) तेस्रो पटक चयन भएका छन् ।
यही जून २५ आइतबार २०२३ का दिन क्होंइबो धिं युङलुङ हङकङमा भएको सातौं अधिवेशनमा मनबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । नेपालको कास्की जिल्ला हेम्जाकोटका पूर्वशिक्षक तथा खेलाडी मनबहादुर लगातार तेस्रो पटक अध्यक्ष बनेका हुन् । उनले यसअघि ६ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्कजंग क्रोम्छै तमु (कास्की), सचिव - भोजेन्द्र प्हच्यु तमु (स्याङ्जा), सहसचिव मनोजकुमार तेल्मै तमु (लमजुङ), कोषाध्यक्ष ठाकुर क्होला तमु (कास्की), सहकोषाध्यक्ष टीका ल्हेगे तमु (सिक्लेस) भए ।
सदस्यहरुमा खुसी प्हच्यु तमु (तनहुँ), बेल क्रोम्छै तमु (स्याङ्जा), मीमबहादुर क्रोम्छै तमु (घान्द्रुक), देवनन्द टु-क्ह्प्री तमु (मोरङ), कमल थिम्जै तमु (मोरङ), कुमारी ल्हेँगे तमु (भैरहवा), रूद प्हच्यु तमु (तनहुँ), गणेश च्हार तमु (गोरखा), भिमबहादुर ङोर तमु, शान्ति प्हच्यु तमु (कास्की), मिना टंकी लेम तमु (भैरहवा), चेतबहादुर तमु (गुल्मी) छनोट भएका छन् ।
अध्यक्ष मनबहादुर क्रोम्छैको अध्यक्षतामा भएको कार्यक्रममा जितेन्द्र योज प्रमुख अतिथि थिए । कार्यक्रम सञ्चालन सचिव भोजेन्द्र प्हच्यु तमुले गरेका थिए ।