लन्डन । हरेक वर्षझैं तमु प्ये ल्हु संघ यूकेको ग्रीष्मकालीन वार्षिक भेटघाट तथा बीबीक्यु कार्यक्रम यही २४ जून शनिबार हुने भएको छ ।
यस वर्षको वार्षिक भेटघाट फान्बोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा आयोजना गरिएको सहसचिव/एसीस मडिया इन्द्रेश न्गोप्छेले जानकारी दिए । उनका अनुसार कार्यक्रम बिहान ११ देखि बेलुकी ८ बजेसम्म चल्नेछ ।
'तमु प्ये ल्हु संघ यूकेको आयोजनामा हरेक वर्षझैं हुने भेटघाट, यो वर्षको ग्रीष्मकालीन वार्षिक भेटघाट तथा बीबीक्यु कार्यक्रम आउँदो २४ जुन २०२३ शनिबारको दिन बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्पन्न हुने जानकारी राख्न चाहन्छु,' सूचनामा उल्लेख छ, 'उक्त कार्यक्रममा समस्त सदस्य वर्गहरुमा चुले निम्तो भन्न चाहन्छु ।'
कार्यक्रममा संस्कृति संयोजक तथा युवा नानीहरुले मनोरञ्जनात्मक तथा विभिन्न रमाइला खेलहरु समावेश छन् । कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी कलाकारहरु सागर गुरुङ, रमिला न्यौपानेको प्रस्तुति रहनेछ ।
त्यस्दै राफल ड्र पनि खेलाइने भएको छ । जसको प्रथम पुरस्कार १ तोला सुन, दोस्रो पुरस्कार आधा तोला सुन र तेस्रो पुरस्कार १५० पाउन्ड नगद रहेको छ ।
कार्यक्रमको दिन आजीवन सदस्य बन्न चाहनेलाई व्यवस्था मिलाएको जनाइएको छ । छुटफुटको सदस्यता कार्यसमेत सोही दिन वितरणसमेत हुने जनाइएको छ ।
कार्यक्रमका लागि अध्यक्ष, उपाध्यक्ष, प्रमुख सल्लाहकार, सल्लाहकार, कार्यसमितिका सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, खेगी समितिका संयोजक, पीपीसिलगायत खेगी गुरू, आमा उपसमितिका संयोजक, आमा समूहका सदस्य, मूल परियोजनका संयोजक, संचारकर्मी, युवा भाइबहिनी, समस्त आजीवान सदस्य, आमाबाबा, दाजुभाइ दिदीबहिनी साथै सम्पूर्ण तमु प्ये ल्हु संघ बेलायतका सदस्यहरुलाई निमन्त्रणा दिइएको छ ।
आयोजक तमु प्ये ल्हु संघ यूकेले आफन्त, गाउँले ईस्टामित्र सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल पारिदिन अनुरोध गरेको छ । सहभागिताका लागि बयस्कलाई २५ पाउन्ड र बालबालिकालाई १२ पाउन्ड तोकिएको छ ।