नगेन्द्रराज नेम्वाङ
लन्डन (अल्डरसट) । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार १० जुन २०२३ का दिन अध्यक्ष कैलाश काम्बाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । औपचारिक कार्यक्रममा सम्पूर्ण उपस्थित कार्यसमिति र अथितीहरुलाई आसनग्रहण गराउँदै संस्थाका महासचिव प्रेम धलाव सुहाङले कार्यक्रम सुरुआत गरेका थिए । कार्यक्रमको अवधिमा केही आपतकालीन समस्याहरु आइपरेमा कसरी सुरक्षा अपनाउने भन्ने विषयमा उपाध्यक्ष छवि सेलिङले संक्षिप्त जानकारी गराएका थिए ।
प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष नरबिर आङ्बो र अध्यक्ष कैलाश काम्बाङले संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बूले उपस्थित सम्पूर्ण अथितिहरुलाई स्वागत मन्तव्य राखेका थिए। आफ्नै मातृभूमि नेपाललाई सम्मान गर्दै नेपाल र बेलायतको राष्ट्रिय गीत बजाएर कार्यक्रममा उपस्थित महानुभावहरु भावुक बनेका थिए । शुभकामना मन्तव्यको क्रममा तेह्रथुम समाज यूकेका अध्यक्ष मोहन सदेम्बा र प्रमुख अथिति आङ्बोले पाँचथर समाज सेवा यूकेले समाजप्रति गर्दै ल्याएको सबै कार्यहरु सराहनीय र उदाहरणीय रहेको र आगामी दिनमा पनि समाजले सफलता चुमोस् भन्दै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सम्पूर्ण पाँचथरवासी दाजुभाइ, दिदीबहिनी, भान्जाभान्जी जम्मा भई एकआपसमा रमाइलो गफगाफ भलाकुसारी गरेका थिए । कार्यक्रममा समाजका सदस्यहरु शैक्षिक क्षेत्र व्यापार व्यवसायमा सफल व्यक्तिहरु पाँचथर कप फुटबल प्रतियोगिता सन्चालनमा खटिएका स्वयंसेवक संयोजक, सहसंयोजक, पुरस्कार प्रायोजकहरुलाई खादा ओढाइ सम्मान गरेका थिए भने ब्रिटिस सैनिक बहालमा रही पदोन्नति भएका क्याप्टेन विनोद केरुङ, क्याप्टेन अरुण नेम्वाङ र स्टाफ सार्जन्ट सन्देश नेम्वाङलाई पनि सम्मान गरेका थिए ।
समाजका सिनियर सिटिजेनहरु कुबेरसिङ नेम्वाङ र पदमबहादुर चुवानलाई पनि सम्मान गरेका थिए । कार्यक्रमलाई सुवर्ण अवसर पारेर बेगेसोका अध्यक्ष पदमबहादुर लिम्बूले गोर्खाज्को मुद्दा बेगेसोको उद्देश्य र उपलब्धि भावी योजनाहरु पनि पस्किन चुकेनन् ।
कार्यक्रममा अथितिहरु तेह्रथुम समाज यूकेका अध्यक्ष मोहन सदेम्बा, समाजसेवी नरकुमारी लिम्बू, माङेना चुम्लुङ यूकेकी संस्थापक अध्यक्ष कमला लिम्बू ,अध्यक्ष कल्पना आङ्बोहाङ, उपाध्यक्ष सुस्मिता कन्दङ्वा लिम्बू र सचिव शारदा लिम्बूको उपस्थिति रहेको थियो । अथितिहरुलाई होस्पिटालिटीका लागि नन्दा सुन्दास, मनु काम्बाङ, सरला काम्बाङ खटिएका थिए । उपाध्यक्ष छवि सेलिङ, सचिव नरेन्द्र तुम्बापो र सहकोषाध्यक्ष साम्सोगेन नेम्वाङले मनोरन्जनात्मक कार्यक्रम राफल ड्र खेलाएका थिए भने स्थानीय कलाकार गायक तारा लक्सम, गायक गणेश गुरुङ र अथिति कलाकार विष्णु चेम्जोङले विभिन्न नेपाली गीत गाएर माहोललाई बेसरी नचाएका थिए । डान्सर प्रिय लिम्बूले गैरी खेतको तिरै हान्यो भन्ने गीतलगायत विभिन्न गीतहरुमा उत्कृष्ट नृत्य नाचेर दर्सक महानुभावहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।
अध्यक्ष कैलाश काम्बाङले प्रमुख अथिति, अन्य अथितिहरुलाई सम्बोधन गर्दै पाँचथर कप फुटबल प्रतियोगिता सञ्चालनमा खटिएका खगेन्द्र लावतीको समूहलगायत पुरस्कार प्रायोजक भेटघाट कार्यक्रम सफल पार्न खटिएका कार्यसमितिहरुलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा उपस्थित मिडियाकर्मीलगायत सम्पूर्ण मान्यजनहरुलाईइ धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
सम्पन्न समाजको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रमको औपचारिक कार्यक्रम महासचिव प्रेमधलाव सुहाङले सञ्चालन गरेका थिए भने दोस्रो चरण सांस्कृतिक कार्यक्रम शकुन्तला नेम्वाङले सन्चालन गरेका थिए । स्मरण रहोस्, कार्यक्रमलाई सुरुबाट अन्तिमसम्म एभरेस्ट टाइम्स फेसबुक लाइभ स्ट्रीम कभरेज गरेको थियो ।