Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • यस्तो छ बेलायतमा गोर्खा समुदायकी पहिलो महिला मेयरको जीवनसंघर्ष
यस्तो छ बेलायतमा गोर्खा समुदायकी पहिलो महिला मेयरको जीवनसंघर्ष
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, जेठ १८, २०८०

मेडवेमा नेपाली र बेलायती गोर्खा समुदायको पहिलो महिला मेयर नीना (मञ्जु) गुरुङले कार्यभार सम्हालेकी छिन् । दुई सय वर्षभन्दा लामो समय गोर्खा भर्तीको इतिहासमा नेपालबाट युके आएर सेवा गर्दै गरेका गोर्खाली समुदायको निमित्त र बेलायतबासी नेपाली मूलका नेपालीहरुका लागि यो सुखद् समाचार हो ।
मेडवे काउन्सिलको वार्षिक बैठक (२४ मे) मा मेडवेको नयाँ मेयरमा गुरुङ निर्वाचित भइन् । उनी मेडवेकी पहिलो नेपाली र बौद्ध धर्मावलम्बी मेयर हुन् ।

कास्कीको रिभानमा जन्मिएकी गुरुङ मेडस्टोनस्थित इन्भिक्टा ब्यारेकमा रहेको क्वीन्स गोर्खा इन्जिनियर्समा कार्यरत गोर्खा श्रीमान् ताइकाजी गुरुङसँग सँगै बस्न पहिलोपटक सन् १९९९ मा बेलायत आइन् । सन् २००५ देखि मेयर गुरुङ र उनको परिवार मेडवेमा बसोबास गर्न थाल्यो । उनीहरुका दुई छोरी यास्मीन रानी र जास्मिन रानी मेडवेमै हुर्किए । विश्वविद्यालय जानुपूर्व स्थानीय विद्यालय र सिक्स्थ फर्म कलेज यहीँ पढे ।

मेयर गुरुङ आफैँ पनि अध्ययनमा लागिन् र मिडकेन्ट कलेजमा कोर्स पूरा गरेपछि केन्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक नीतिमा स्नातकोत्तर गरिन् । उनले यसअघि सामाजिक कार्य (सोसल वर्क) मा प्रथम श्रेणीमा डिग्री पनि हासिल गरेकी थिइन् ।

मेयर गुरुङ प्राज्ञिक अनुसन्धानकर्ता पनि हुन् । उनको अनुसन्धानले बेलायतमा गोर्खाहरुको बसोबास र समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको थियो । उनको अध्ययनका सिफारिसहरूले समुदाय र स्थानीय सरकारलाई गोर्खाहरूको समायोजन प्रकृयालाई सहयोग पुर्‍याएको थियो । उनले बेलायतबासी नेपालीहरुको गतिविधि समेट्नका लागि केही समय गोर्खाज डटकम नाम गरेको वेभसाइट पनि सञ्चालनमा ल्याएकी थिइन् ।

उनीसँग विशेष अवस्थाका बालबालिकाको सेवामा काम गरेको १२ वर्षभन्दा बढीको अनुभव छ । उनी गोर्खा नेपाली कम्युनिटी मेडवेको पहिलो महिला अध्यक्ष पनि हुन् । उनी अहिले सो संस्थामा सल्लाहकारको रूपमा रहेकी छिन् । मेयर गुरुङ बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) बेलायत र मेडवेमा रहेका परोपकारी संस्थाहरु सेकेन्ड चान्स मेडवे र अल सेन्ट्स कम्युनिटी प्रोजेक्ट ट्रस्टका ट्रस्टी पनि हुन् ।

मेयरमा निर्वाचित भएपछि आफ्नो सम्बोधनका क्रममा मेडवेका मेयर गुरुङले भनिन्, “मेडवेको मेयरमा निर्वाचित हुन पाउँदा गर्व लागेको छ । म आशा गर्छु कि मेरो सुरुवातदेखि यो चरणसम्मको यात्राले मेडवेका सबैलाई कहिल्यै हार नमान्न, सधैं दयालु हुन, राम्रो निर्णय गर्न, संधै अघि बढ्ने प्रयास गर्न र आफूलाई सकारात्मक मानिसहरूसँग घुलमिल हुन र सधैं निःस्वार्थ रूपमा हाम्रो समुदायको सेवा गर्न प्रेरित गर्नेछ । म मेडवेलाई अर्को वर्ष विभिन्न प्रकारका कार्यक्रमहरूमा प्रतिनिधित्व गर्न र त्यहाँका बासिन्दाहरूलाई भेट्नको लागि तत्पर छु ।”

मेयर गुरुङले अगाडि भनिन्, “मेडवे समावेशी र प्रगतिशील छ । यसले प्रत्येक व्यक्तिमा रहेको सम्भावनालाई महत्व र मान्यता दिन्छ । मेडवेसँग अत्यन्त गौरवपूर्ण सम्पदा र अपार सम्भावना छ ।” “हामी सबै क्षेत्रहरूमा लगानीको लागि खुला, तयार र उत्सुक छौंँ । हामी सबैलाई अझ राम्रो, राम्रो र अधिक समृद्ध मेडवे चाहन्छौं जसले सबैलाई अझ अवसर दिन्छ । समुदाय र काउन्सिल नेतृत्वहरू मिलेर काम गर्दै एकजुट भएर लक्ष्यमा चाहन्छौं”, उनले थपिन् ।

मेयर गुरुङले साफा (सशस्त्र बल परोपकारी संस्था), युक्रेनका लागि मेडवे हेल्प, र यङ (युवा) मेडवेलाई यस वर्षको परोपकारी संस्थाका लागि छनोट गरेकी छिन् । उनले भनिन् “मैले यी तीन विशेष परोपकारी संस्थाहरू रोजेको छु किनकि यसले हाम्रो सेनाको वीरता, युक्रेनका जनतासँगको हाम्रो ऐक्यवद्धता र मेडवेका युवाहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न प्रवर्धन र मद्दत गर्ने हाम्रो विश्वासलाई प्रष्ट पार्छ ।”

नीनाले आफू र आफ्ना भाइबहिनीहरूलाई राम्रो शैक्षिक जग दिएकोमा आफ्ना ब्रिटिस गोर्खा बुबा प्रेमबहादुर गुरुङ र आमा जोगन सुवा गुरुङलाई श्रेय दिइन् । साथै आफू पढेको विद्यालयकी प्रधानाध्यापक श्रीमती इन्दिरा याक्थुम्बालाई बलियो र सकारात्मक महिला रोल मोडेलको रूपमा लिँदै आफ्नो गन्तब्यमा पुग्न सही मार्ग निर्देश गर्ने व्यक्तित्वका रुपमा चित्रण गरिन् । मेडवेका मेयरलाई मेडवेको पहिलो नागरिक पनि भनेर चिनिन्छ । स्थानीय महलको कन्स्टेबल र नदीको एडमिरलको औपचारिक उपाधिहरूद्वारा सम्मानित गर्ने गरिन्छ ।

मेयरको समयको ठूलो हिस्सा क्षेत्रीय र राष्ट्रिय सन्दर्भमा मेडवेको छवि र महत्वलाई प्रवर्धन गर्न खर्च गरिन्छ । मेयरले पूर्ण परिषद् बैठकको अध्यक्षता पनि गर्छन् । बुधबार भएको मेयरको शपथग्रहण र पूर्ण वार्षिक परिषद बैठकमा डेभिड क्विर्क–थोर्नटन र एक बौद्ध पुजारीले आशीर्वाद दिएका थिए भने नवनियुक्त म्याडम मेयर नीना गुरुङले बैठकको अध्यक्षता गरेकी थिइन् ।

बेलायतको स्थानीय राजनीतिमा नेपाली मूलका मानिसहरुको प्रवेश निरन्तर बढ्दो छ । खासगरी स्थानीय राजनीतिमा उनीहरुले चुनावमा सफलता पनि पाउँदैछन् । केही काउन्सिलरहरुले मेयरका रुपमा पनि निर्वाचित हुने मौका पाएका छन् । जसमा विष्णुबहादुर गुरुङ, डा जगन्नाथ शर्मा, लक्ष्यबहादुर गुरुङ, शंकर गैरे छन् । तर महिलातर्फ भने नीना गुरुङ नै पहिलो महिला मेयर बनेकी छिन् । हालसम्म संसदीय चुनावमा टिकट पाउने अवसर भने डा बच्चुकैलाश कैनीले मात्र पाएका छन् ।

भूमिराज राईबाट


प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप व्यक्तित्व
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
लोकदोहोरीमा उदीयमान सन्तराज
लोकदोहोरीमा उदीयमान सन्तराज बुधबार, पुस १८, २०८०
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ 
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ  शनिबार, मंसिर ९, २०८०
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्