लन्डन । चार वर्षको अन्तरालमा ल्हेंगे तमु समाज यूकेको वार्षिक भेटघाट भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । २७ मे २०२३ को दिन अल्डरसटस्थित एम्पायर हलमा ल्हेंगें दाजुभाइ, दिदीबहिनी जम्मा भएर वार्षिक भेटघाट सम्पन्न भएको हो ।
समाजका अध्यक्ष टनकुप्रसाद ल्हेंगे तमु र दाजुभाइका ज्येष्ठ सदस्य मिनबहादुर गुरूङले दीप प्रज्ज्वलन गरेर वार्षिक भेटघाट कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपश्चात् कार्यक्रम संयोजक लोकबहादुर गुरूङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीलाई खाद्यान्न तथा पिय पदार्थकोको सम्पूर्ण प्रबन्ध एम्पाएर हलले उपलब्ध गराएको थियो । जसको बन्दोबस्त निरबहादुर हेंगें गुरुङ र सम्पूर्ण दाजुभाइहरूले पनि सहयोग गरेका थिए । कार्यक्रममा खाजा खाइसकेपछि मेजर खुशीमान गुरूङ एमभीओले ल्हेंगे तमु समाज यूकेको बारेमा केही जानकारी दिँदै सम्पूर्ण चेलीबेटी र दाजुभाइका परिवारलाई स्वागत गरेका थिए । साथै उक्त कार्यक्रममा मेजर गुरूङले बेलायतको वेल्समा प्रारम्भ भइसकेको नेपाली भिलेज यूकेबारे जानकारी गराएका थिए ।
कार्यक्रममा मनोरञ्जन गराउन नेपालबाट बेलायत आएकी गायिका रमिला न्यौपाने र सागर गुरूङले गायन प्रस्तुति दिए । त्यतिबेला दिदीबहिनीहरूले नाचेर साथ दिए । त्यसपछि सम्पूर्ण चेलीबेटीहरूले दाजुभाइहरूलाई निमन्त्रणाका लागि उपहार प्रदान गरिएको थियोे । त्यसक्रममा समाजका अध्यक्ष टंकु तमु लामो समय अस्वस्थ भएका कारण उनलाई सुस्वास्थ्यको कामना गर्दै दिदीबहिनीहरूले रूपा लगाइदिए । त्यसपछि गएको वर्ष ग्राजुएसन गरेका र उपलब्धि हासिल गरेकालाई नानीबाबुलाई बधाई दिएका थिए ।
कार्यक्रममा राफल ड्र आयोजना गरिएको थियो । जसको अशोक ल्हेंगे तमुले नेतृत्व गरेका थिए । त्यसपछि नेपालबाट आएका कलाकारद्वय न्यौपाने र गुरूङलाई दाजुभाइ र दिदीबहिनीबाट धन्यवाद स्वरूप सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कलाकारले बेजोड प्रस्तुति दिएका थिए । सहभागीले खुब रमाइलो मानेर नाचेका थिए । कार्यक्रम सञ्चालन मनोज ल्हेंगें तमुले सञ्चालन गरेका थिए । आयोजकका अनुसार चेलीबेटी, दाजुभाइ यस वर्ष उल्लेख्य रूपमा सहभागी भए । जसले एम्पायर हल खचाखच भएको थियोे ।
कार्यक्रममा झन्डै २५० जना उपस्थित थिए । दिउँसो १ बजे सुरु भएको कार्यक्रम राति ९ बजेसम्म जारी रह्यो । अर्को वर्षको मे अन्तिममै पुनः भेट्ने वाचासहित छुटेका थिए । नेपालका विभिन्न ठाउँबाट बेलायत आएका ल्हेंगे दाजुभाइ, दिदीबहिनी एकठाउँ जम्का गर्ने र दुखमा साथ दिने उद्देश्यले स्थापना भएको हो ।