लन्डन । नेपाली भिलेज युकेको पहिलो बार्षिकोत्सव २१ मे २०२३ आइतबारका दिन भब्यताका साथ सम्पन्न भएको छ ।
बेलायतको वैल्सस्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कको नेपाल भिलेज युकेको आफ्नै परियोजना स्थलमा नेपाली राष्ट्रीय गान, बेलायती राष्ट्रीय गान साथमा वैल्सको राष्ट्रीय गानबाट कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि ब्रेकनबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद फें जोनस् (Ms Fay Jones MP), विशेष अतिथि जेम्स एभंस (एम एस वैल्स एसेंबली) थिए ।
प्रमुख अतिथि, विशेष अतिथि र नेपाली भिलेज युकेका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ (एमभीओ) ले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा परियोजनाका सबै डाइरेक्टरहरु, उनीहरुका परिवार, स्थानिय बासिन्दाहरु, छिमेकीहरु र बेलायतका संघसंस्थाका प्रतिनिधिहरु, शेयरधनीहरु र उनीहरुका परिवार लगायतको उपस्थिति थियो ।
डाइरेक्टर शेरा गुरुङकी धर्मपत्नी सारा गुरुङले आफ्नै घरमा बनाएको नेपाली भिलेज युके अंकित केक काटेर सुरु गरिएको थियो । मौसमले एकदमै साथ दिएको घमाईलो वातावरणमा आयोजित वार्षिकोत्सव कार्यक्रम नेपाली भिलेज युकेकी डाईरेक्टर मधु गुरुङले अत्यन्त चुस्त दुरुस्त संचालन गरेका थिए ।
परियोजना प्रमुख मेजर खुशीमान गुरुङ्ग (एमभीओ) ले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै परियोजनाका आवधिक गतिविधिहरु विस्तारमा जानकारी गराए । धम्पुस ब्रेकन भगिनी संवन्ध समितीका अध्यक्ष, ब्रेकन टाउनका पूर्व मेयर संस्थापक शेयर होल्डर डेविड मेडरीथले नेपाली भिलेज युके जस्तो ऐतिहासिक परियोजनामा आफूलाई पनि सहभागी हुन पाएकोमा खुशी हुदै परियोजनाका लागी आगामी दिनहरुमा आवश्यक पर्ने र नियमको परिधि भित्र रहेर गर्न सक्ने हरेक प्रकारका सहयोगहरु गर्ने वचन दिए ।
अत्यन्त व्यवस्थित र एकदमै छोटो मिठो कार्यक्रमकी प्रमुख अतिथि सांसद फें जोनस् ले नेपाली भिलेज युके जस्तो ठूलो र स्थानीयहरुलाई पनि संगसगै मिलाएर अगाडी बढ्ने परियोजना आफ्नो क्षेत्रमा सुरु हुन लागेकोमा आफू एकदमै उत्साहित भएको बताए । संसारकै साहसिक गोर्खालीहरुको संलग्नता अझै सुन माथी सुगन्ध हो भने। परियोजनाले कल्पना गरेको भावी योजना सहितको प्लानिङको एप्लिकेशनका बारेमा आफ्नो तर्फबाट हुनसक्ने नियम संगत सहयोगहरुमा संधै अग्रपंतीमा रहेको जनाउँदै परियोजनाको सफलताका लागी शुभकामना दिए ।
परियोजनाका ईभेन्ट डाइरेक्टर मान प्रसाद गुरुङ्गको नेतृत्वमा ठडाईएको नेपालको धरहराको स्वरूप, त्यसैको छेउमा अस्थायी रुपमा बनाएको ढुङ्गेधारा, चौतारी लगायत नेपाली परम्परागत दैनिक प्रयोग हुने सामग्रीहरुले सबै पाहुनाहरुलाई आकर्षण गरेको थियो । त्यसको छेउमा बसेर फोटो खिच्न लाईनमै बसेको देख्न सकिन्थ्यो । डाइरेक्टर शेरा गुरुङ्गको नेतृत्वमा डाइरेक्टर पबित्रा (गंगा) गुरुङ्ग, सचिव तथा डाइरेक्टर टिकाराम गुरुङ्ग, कानुनी
सल्लाहकार बालकृष्ण गुरुङ्ग, डाइरेक्टर लोकेंद्र श्रेष्ठ, डाइरेक्टर डम्वर सुनुवार, डाइरेक्टर नन्द बयम्बु मगर लगायतले दिनको खाना कार्यक्रम स्थल मै पकाएर खाने व्यवस्था गरिएको कार्यक्रममा स्थानीयहरुले खुबै स्वाद मानेर नेपाली दालभात तरकारीको आनन्द लिएका थिए ।
प्रमुख अतिथि लगायत अतिथिहरुलाई मुख्य प्रवेश द्वारबाट स्वागत गर्न व्यस्त परियोजना प्रमुख धर्मपत्नी मन्जु गुरुङ्ग, अनिता गुरुङ्ग, पारु श्रेष्ठ र पबित्रा भट्टराईलाई साथमा परियोजना डाइरेक्टर मेजर सोभियत हमाल (एमभीओ) अनि अपरेसन्स डाइरेक्टर क्याप्टेन सुर्य प्रकाश गुरुङ्ग, टेक्नीकल डाइरेक्टर तथा सीनियर ईन्जिनियर विजय गुरुङ्गले सहयोग गरेका थिए ।
परियोजनाको आर्थिक हिसाब किताबको राखनधरणको जिम्मा लिएका फाईनान्स डाइरेक्टर जशु मसेन्स गुरुङ्गलाई बाबु सोन मसेन्स अनि नताशा मसेन्सले सोही दिनमा शेयर किनेका शेयरधनीहरुलाई शेयर प्रमाणपत्र लगायतका कागजात दिनको लागी सहयोग गरेका थिए । यता नेपाली भिलेज युकेको परियोजना स्थल वरपरका छिमेकीहरुलाई अनावश्यक ट्राफिक तनाव नहोस् भनेर डाइरेक्टर नन्द बयम्बु मगरको नेतृत्वमा नताशा, प्रणय गुरुङ्ग अनि शुपाल श्रेष्ठले पाहुनाहरुका लागी नजिकैको कारपार्कबाट कार्यक्रम स्थल सम्म “सटलसेवा” को व्यवस्था पनि गरिएको थियो ।
ब्रिटिश गोर्खा आर्मीहरुले खुकुरी डान्स, सिमरनले नेपाली नाचेर कार्यक्रमको रौनकÞ बढाएको थियो ।
नेपाल भिलेज युके विधिवत स्थापना भएको एक वर्ष पुरा गरेको खÞुशीयाली मनाउनु ठिक एक दिन पहिले यसले आफ्नो साधारण सभाको आयोजना गरेर आफ्ना शेयरधनीहरुलाई प्रत्यक्ष साथमा भर्चुअल सुविधा सहित कम्पनीका आर्थिक गतिविधि लगायतका प्रगति विवरणहरु पेश गरेको थियो । अहिलेको अवस्थामा कुनैपनि आय आर्जन गर्ने स्थितिमा कम्पनि नपुगेको भएतापनि यसका खÞर्चहरुको जानकारी गराउदै, आर्थिक र सचिवको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा उपस्थित सम्पूर्ण शेयरधनीहरुलाई भिन्न भिन्न समूह बनाएर एक एक डाइरेक्टरहरुले परियोजना स्थलको स्थलगत निरीक्षण गराउनुका साथसाथै प्लानिंगले स्विकृति दिएको अवस्थामा भौगोलिक बनोटका हिसाबले कहाँ कहाँ के कस्ता संरचनाहरु बनाउन सकिन्छ भन्ने जानकारी गराईएको थियो । पुरै कार्यक्रमको व्यवस्थापन, परियोजना स्थल, वरपरका बनजंगल, काटेर मिलाएका जस्ता डाँडाकाडाहरु हेरेर अत्यन्त उत्साहित शेयरधनीहरु र पाहुनाहरुले आपूmले सानो रकÞम भएपनि सही परियोजनामा लगानी गरेकोमा एकदमै खुशी भएको बताएका थिए ।
नेपाली भिलेज युकेले व्यवसायिक रुपमा सेवा संचालन गरेको अवस्थामा आफू र साथीभाईहरुलाई लिएर आउने कुरामा तत्काल योजना बनाएका शेयरधनीहरु आयोजक डाइरेक्टरहरु प्रति अत्यन्त कृतज्ञ रहेको बताएका थिए ।
नेपाली भिलेज युकेले परियोजनालाई तीव्र गतिमा अगाडी बढाउने क्रममा दोश्रो चरणको शेयर गएको नेपाली नयाँ वर्ष २०८० बैशाख एक गतेबाट खुलाएको छ । २२७ शेयरबाट बढ़ाएर ५०० पुर्याउने तय गरिएको नेपाली भिलेज युकेको शेयर आउने अक्टूबर २०२३ को अन्तिमसम्म को लागी ५००० (पाँच हजÞार पाउण्ड) नै राखिएको छ । तर जब नेपाली भिलेज युकेको योजना अनुसारको प्लानिंग एप्लिकेशन स्विकृत हुन्छ त्यसपछी यसको शेयर आकाशिने निश्चित रहेको हुनाले ईच्छुकले छिट्टै शेयर खÞरीद गर्न परियोजनाका प्रवक्ता बिक्रम भट्टराईले सबैलाई अपिल गरे । नेपाली भिलेज युकेको दोश्रो चरणमा खोलिएको शेयर किन्न चहनेले नेपाली भिलेज युकेका कुनैपनि बोर्ड अफ डायरेक्टरहरुलाई सम्पर्क गर्न सक्ने जनाएको छ ।
साथै www.nepalivillageuk.com मा सबै आवश्यक जानकारी लिन सकिने छ ।